विधिवत् रुपमा नबिल बैंक र नेपाल बंगलादेश बैंक मर्जर भएका छन् । सोमबार राजधानीको होटल हायात रिजेन्सीमा बृहत् समारोहकाबीच दुई बैंक मर्जरको घोषणा भएको छ । योसँगै कुल २८ अर्ब ५७ करोड रुपैयाँ चुक्ता पुँजीसहित नबिल बैंक लिमिटेड हालसम्मकै ठूलो बैकको रुपमा उदाएको छ ।१८ अर्ब ४९ करोड चुक्ता पुँजी रहेको नबिलले १० अर्ब ८ करोड चुक्ता पुँजी रहेको नेपाल बंगलादेश बैंकलाई १००: ४२ स्वाप रेसियोमा एक्यावर अर्थात् प्राप्ति गरेको हो । असार १५ गते दुबै बैंकको सञ्चालक समितिको बैठकले मर्जरका लागि अन्तिम सहमति दिएक