जुत्ताचप्पल मेला हेर्न भृकुटीमण्डप पुगे उद्योगमन्त्री

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘वृहत जुत्ता चप्पल व्यापार मेला’को अवलोकन गरेका छन् ।  उनले आइतबार मेलास्थलमा पुगेर जुत्ता चप्पलका सबै स्टलहरूको अवलोकन गरेका हुन् । जुत्ता...

सम्बन्धित सामग्री

भृकुटीमण्डप जुत्ता चप्पल मेला : जहाँ पाईन्छ ७० प्रतिशत सम्म छुट

काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा जुत्ता चप्पलको वृहत मेला शुरु भएको छ।मेलामा नेपालमै बनेका अन्तर्राष्ट्रियस्तरका चर्चित ब्रान्डहरु भेराइटी शुज, ब्लयुचिप शुज, प्राइड स्वदेशी जुत्ता, बोस शुज, फुटस्टेप शुज, बेम्बो, एस लेदरका जुत्ताचप्पल भारी छुट र वारेन्टीका साथ उपलब्ध छन्। एकै छानामा सबै उमेरलाई हुने हरेक समयमा लगाउन मिल्ने दुईहजार मोडलका सुपथ र टिकाउ जुत्ताचप्पल उपलब्ध भएपछि मेलामा ग्राहकको अत्याधिक चाप देखिएको छ।

भृकुटीमण्डपमा सुरु भयो जुत्ताचप्पल मेला

नेपाली जुत्ताचप्पल उद्योगी समूहको आयोजनामा राजधानीको भृकुटीमण्डप प्रवेशद्वारमा काठमाडौं फुटवेयर बिजनेस एक्स्पो बुधबारदेखि सुरु भएको छ । मेलाको चर्चित हास्य कलाकार तथा टेलिभिजनको हास्यब्यंग्य कार्यक्रम मुन्द्रेको कमेडी क्लबका सञ्चालक जितु नेपालले उद्घाटन गरे । मेलामा मुलुकका प्रतिष्ठित जुत्ताचप्पल उत्पादकहरू बीएफ डियर हिल, रन, क्रसरोड, हाइलाइफ, रोयल, सुल्यान्ड र ग्याज फेसनलगायतका ६ वटा जुत्ताचप्पल उत्पादक कम्पनी सहभागी छन् ।