सामुदायिक वनका समस्या समाधान गर्न तयार छौँ : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सामुदायिक वनका समस्याको समाधान गर्न गण्डकी प्रदेश सरकार तयार रहेको बताएका छन् ।

सम्बन्धित सामग्री

निष्पक्ष ढङ्गबाट निर्वाचन सम्पन्न गर्न सरकार तयार छ : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भयरहित र निष्पक्ष ढङ्गबाट निर्वाचन सम्पन्न गर्न प्रदेश सरकार तत्पर रहेको बताएका छन् । तनहुँको बन्दीपुरमा सम्पन्न गण्डकी प्रदेशका सात वटा जिल्लाका सुरक्षा निकायका प्रमुखसहितको अन्तर जिल्ला सुरक्षा समन्वय बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई भयरहित बनाइने प्रतिबद्धता व्यक्त गरे ।निर्वाचनलाई स्वच्छ रुपमा सम्पन्न गराउन विशेष योजना बनाएर अगाडि बढ्न मुख्यमन्त्री पोखरेलले निर्देश

गण्डकी समृद्ध बनाउन निजी क्षेत्रसँग सहकार्य गर्छु : मुख्यमन्त्री पोखरेल

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लगानीमैत्री वातावरण तयार गरी रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् । लेखनाथ उद्योग वाणिज्य सङ्घको २६औँ स्थापना दिवस एवम् २५ औँ साधारणसभाको आज उद्घाटन गर्दै उनले गण्डकी प्रदेशलाई आर्थिक समृद्धिको राजधानी बनाउनका लागि निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य भएको बताए । सरकारले लगानी गरेर उद्योगधन्दा सञ्चालन गर्नुभन्दा लगानीमैत्री वातावरण […]

समृद्धिको आधार धार्मिक पर्यटन : मुख्यमन्त्री पोखरेल

म्याग्दी : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको समृद्धिको मुख्य आधार धार्मिक पर्यटन भएको बताएका छन्। म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा सोमबार शुरू भएको ‘रत्नेचौर धार्मिक महोत्सवको उद्घाटन गर्दै उनले कालीगण्डकीको सभ्यता जोगाउन प्रदेश सरकारले विभिन्न योजना बनाएको बताए।प्रकृतिले नै उत्कृष्ट घुम्नुपर्ने स्थल बनाइदिएको हिमाल, पहाड र तराई क्षेत्रलाई समेटेर नेपालकै धार्मिक पर्यटनको नयाँ र उत्कृष्ट करिडोर बनाउन प्रदेश सरकार तयार रहेको बता

संघलाई दबाब दिन मुख्यमन्त्रीहरूको सामूहिक आवाज आवश्यकः मुख्यमन्त्री पोखरेल

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अधिकारका सवालमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरूको सामूहिक आवाज आउनुपर्ने बताएका छन् । यसका लागि पोखरामा मुख्यमन्त्रीहरूको पुनः भेला आयोजना गर्ने मुख्यमन्त्री पोखरेले बताएका छन् । मधेश प्रदेश भ्रमणबाट पोखरा फर्किएलगत्तै पत्रकारहरूसँगको कुराकानीमा उनले संघ सरकारको दबाबका लागि मुख्यमन्त्रीहरूको साझा आवाज तयार गर्ने बताए । ‘संघ सरकार प्रदेशप्रति अनुदार छ […]

अन्तरप्रदेश सहकार्यको आवश्यकता : मुख्यमन्त्री पोखरेल

जनकपुरधाम : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मधेश प्रदेश र गण्डकी प्रदेशबीच समृद्धिका लागि विभिन्न क्षेत्रमा सहकार्यको आवश्यकता रहेको औंल्याएका छन्।मुख्यमन्त्री पोखरेलले दुई प्रदेश सरकारबीचको सहकार्यबाट समृद्धि हुन सक्ने र समृद्धिका क्षेत्र खोजी गरेर अगाडि बढ्न आफूहरू तयार रहेको बताएका छन्।शनिबार जनकपुर-पोखरा विमानसेवा शुरु भएपछि पहिलो उडानमा मधेश भ्रमणमा जनकपुरधाम पुगेका उनले सञ्चारकर्मीसँग कुरा गर्दै संघीयतालाई बलियो बनाउन र प्रदेश–प्रदेशबीचको सम्बन्ध बलियो बनाउनु

सामुदायिक वनका समस्या समाधान गर्न तयार छौँ : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सामुदायिक वनका समस्याको समाधान गर्न गण्डकी प्रदेश सरकार तयार रहेको बताएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिका–१७ स्थित चौतारी सामुदायिक वन उपभोक्ता समूहले मङ्गलबार आयोजना गरेको रजत जयन्ती कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले आगामी दिनमा सामुदायिक वनका समस्यालाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताए ।“सामुदायिक वनमा विभिन्न खालका समस्या छन्”, उनले भने, “ती समस्या समाधानका लाग

निजी क्षेत्रसँग सहकार्य गर्न तयार छौं : मुख्यमन्त्री पोखरेल

कास्की । गण्डकी प्रदशेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । सोमबार पोखरा उद्योग वाणिज्य संघले गरेको बधाइ तथा शुभकामना कार्यक्रममा मुख्यमन्त्री पोखरेलले यस्तो जानकारी दिएका हुन् । आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्रबीचको सम्बन्ध दरिलो हुनुपर्नेमा उनले जोड दिए । ‘लगानीमैत्री वातावरणका लागि नीतिगत, कानुनी, संस्थागत संरचना र प्रक्रियागत सुधार गर्दै  सहकार्य गर्न तयार छौं,’ उनले भने । मुख्यमन्त्री पोखरेलले युवालाई उद्योग व्यवसायतर्फ आकर्षित गर्न प्रदेश सरकारले ‘स्टार्टअप’ र ‘इनोभेसन’ लाई प्राथमिकतामा राखेको बताए । उनले व्यवसाय र उद्योगसँग अहिले प्रविधि जोडिएको बताउदै प्रविधिकै कारण लागत मूल्य कम पर्ने भएकाले उपभोक्ता अनुकूल मूल्यमा सामान प्राप्त गर्न सक्ने भनाइ राखे । कोरोनाबाट थलिएका साना व्यवसायीका लागि ल्याइएको जीवन रक्षा कोषलाई थप प्रभावकारी बनाएर लगिने उनले जानकारी दिए । प्रदेश सरकारको श्वेतपत्र, वार्षिक नीति तथा कार्यक्रम, बजेट, आवधिक योजना, क्षेत्रगत नीति, मन्त्रालय र अन्तरगतका वार्षिक कार्यक्रमलाई निर्धारित अवधिभित्र सम्पन्न गर्न सरकारले काम थालिसकेको उनले बताए । मुख्यमन्त्री पोखरेलले सरकारले बजेट व्यवस्था गरेर आवश्यक खोप खरिद गर्ने प्रयत्न भइरहेकाले प्राथमिकता र मागअनुसार खोपको व्यवस्थापन गरिने बताए । तुलनात्मक रूपमा लाभ र प्रतिस्पर्धात्मक क्षमताका क्षेत्र पहिचान गरी पर्यटन विकास, पूर्वाधार निर्माण, कृषिको आधुनिकीकरण र औद्योगिकीकरणमा टेवा पुग्ने गरी लगानी आकर्षित गर्न सके मात्र जनताको विकासको चाहना पूरा गर्न सकिने उनको धारणा छ । उत्तरको कोरोला र दक्षिणको त्रिवेणी नाका खुलाएर अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन गर्न संघीय सरकारसँग सहयोग मागिरहेको उनले बताए । भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले प्रतिकूल समय व्यवसायीको बाध्यता आफूले बुझेको बताए । २१ अर्ब केन्द्रको अनुदान हुँदा ३० अर्बको बजेट ल्याउनुपर्ने वाध्यता औंल्याउँदै आन्तरिक राजस्व वृद्धि नगर्दासम्म प्रदेशमा ठूला परियोजना परिकल्पना गर्न नसकिने उनको भनाइ थियो । अर्थमन्त्री रामजी बरालले निजी क्षेत्रलाई साथमै लिएर अघि बढ्ने विश्वास दिलाए । पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले व्यवसायीलाई खोप दिने व्यवस्था गर्न लागिएको जानकारी दिए । कानुन, सञ्चार तथा प्रदेश मामिलामन्त्री बिन्दुकुमार थापाले सरकार आफैंले व्यापार व्यवसाय गर्न नसक्ने भएकाले निजी क्षेत्रका लागि सहज वातावरण बनाउनुपर्ने बताए । स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङले समावेशिताका आधारमा विकास गर्नुपर्नेमा जोड दिइन् । उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले प्रदेश राजधानी पोखराको समग्र विकासका लागि सरकारलाई थप क्रियाशील हुन सुझाए ।

मुख्यमन्त्री पोखरेलले विश्वासकाे मत लिने

रुपन्देही – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल विश्वासको मत लिन तयार हुनुभएको छ । जनता समाजवादी पार्टीको विवाद निर्वाचन आयोगले टुङ्गो लगाएपछि मुख्यमन्त्री पोखरेल विश्वासको मत लिन तयार देखिनुभएको हो । ‘केही दिनभित्रै प्रदेश सरकारले विश्वासको मत लिन्छ’, सरकारका प्रवक्ता बैजनाथ चौधरीले भन्नुभयो ।प्रदेश सरकारले आज मङ्गलवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता चौधरीले भन्नुभयो, ‘प्रदेश सरकारले छिट्टै विश्वासको मत लिन्छ । त्यसको तयारी पनि सुरु भइसकेको छ । विश्वासको मत पाए सरकार चलाउँछौँ, नपा...

इजरेलसँग कृषिमा सहकार्य गर्न मुख्यमन्त्री पोखरेल तयार

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल इजरेलसँग सहकार्य गर्न तयार भएका छन् । नेपालका लागि इजरेलका राजदूत हनान गोडेरबीच मंगलबार पोखरास्थित मुख्यमन्त्री कार्यकक्षमा भएको भेटमा मुख्यमन्त्री पोखरेलले कृषिमा दक्ष जनशक्ति उत्पादन गरी व्यावसायिकता वृद्धि गर्न आफूहरु इजरेलसँग सहकार्य गर्न तयार रहेको बताएका हुन् ।

कुण्ठा र प्रतिशोध पार्टी एकताको बाधक : मुख्यमन्त्री पोखरेल

लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कुण्ठा, प्रतिशोध, जडता र अराजकता पार्टी एकताको बाधक भएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको वार्ता अघि बढेका बेला मुख्यमन्त्री पोखरेलले आज सामाजिक सन्जालमार्फत यस्तो टिप्पणी गरेका हुन्। उनले जोसँग जति दुर्गुण छन् हटाउन तयार हुनुपर्नेमा जोड दिए। एमाले मिलाउन दोस्रो तहका नेताहरू बिहीबारदेखि सक्रिय भएका छन्।