सौर्य एयरले भैरहवा–विराटनगर सिधा उडान सुरु गरेको छ । भैरहवा–विराटनगर पहिलो पटक सिधा उडान सुरु भएसँगै व्यवसायीहरु उत्साहित बनेका छन् । कार्तिक २२ गतेबाट भैरहवा–विराटनगर सिधा उडान सुरु भएको हो । भैरहवा–विराटनगर उडान सुरु भएसँगै आफूहरुलाई व्यावसायिक तथा अन्य काममा विराटनगरसहित प्रदेश १ जान सहज भएको रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष एजाज आममले बताए ।सौर्य एयरका भैरहवा प्रमुख जितेन्द्र यादव पनि भैरहवा–विराटनगर उडानमा यात्रुको चापले आफूहरु उत्साहित भएको बताए । उन