चेल्सी काराबाओ कप फुटबलको फाइनलमा प्रवेश

इङ्लिस क्लब चेल्सी काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको सेमिफाइनल खेलमा चेल्सीले टोटेनह्याममाथि सहज जित दर्ता गर्दै फाइनलमा स्थान बनाएको हो।पहिलो लेग २–० गोलले जितिसकेको चेल्सीले दोस्रो लेगमा टोटेनह्यामविरुद्ध आरामदायी खेल खेलेको थियो। टोटेनह्याम स्टेडियममा भएको खेलको १८ औँ मिनेटमा मासोन माउन्टको पासमा एन्टिनियो रुडिगरले गोल गरे । यही निर्णायक गोलसँगै चेल्सीले वेम्बली स्टेडियमको टिकट काटेको छ।चेल्सीले उपाधिका लागि लिभरपुल र आर्सनलबीचको विजेता टोलीसँग जनवरी २१ मा प्रत

सम्बन्धित सामग्री

म्यान्चेस्टर सिटी काराबाओ कप फुटबलको क्वाटर फाइनलमा प्रवेश

काठमाडौं । लिभरपुललाई ३–२ ले पारजित गर्दै म्यान्चेस्टर सिटी काराबाओ कप फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । आफ्नै मैदानमा बिहिबार राति भएको खेलमा म्यान्चेस्टर सिटीका लागि अर्लिङ ब्रट हाल्याण्ड, रियाद माहारेज र नाथन आकेले १-१ गोल गरेका हुन् । लिभरपुलका मोहोमद सालाह र कारभालोले दुई गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । […]

आर्सनल काराबाओ कप फुटबलकोे फाइनलमा

आर्सनलले काराबाओ कप फुटबल प्रतियोगिताको फाइनलानलमा म्यानचेष्टर सिटीसँगको भेट पक्का गरेको छ। बुधबार राति आर्सनलको मैदानमा सम्पन्न सेमिफाईनलको दोस्रो लेगमा आर्सनलले चेल्सीलाई २–१ ले पराजित गर्दैे फाइनलमा प्रवेश गरेको हो।

म्यान्चेस्टर सिटी काराबाओ कपकोे फाइनलमा प्रवेश

म्यान्चेस्टर सिटी काराबाओ कप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।