नारायणगढ–मुग्लिन सडकखण्डमा दुई स्थानमा पहिरो

काठमाडौं, असार १८ । नारायणगढ–मुग्लिन सडकखण्डको दुई स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–६ पाँचकिलो र चार किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान साढे ५ बजे पहिरो खसेको सूचना आएसँगै त्यसतर्फ प्रहरी परिचालन गरिएको छ। पहिरो पन्छाउने काम शुरु भएको र दुईदेखि तीन घण्टाभित्र पहिरो […]

सम्बन्धित सामग्री

पहिरो खसेको ८ घण्टा बित्दा पनि खुलेन नारायणगढ–मुग्लिन सडक

काठमाडौं । पहिरो खसेको ८ घण्टा बित्दा पनि अवरुद्ध बनेको नारायणगढ मुग्लिन सडकखण्ड खुलेको छैन । अविरल वर्षाको कारण नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान ६ बजे पहिरो खसेको थियो । पहिरोका कारण उक्त सडकखण्डमा सवारी आवागमन पुर्ण रुपमा अवरुद्ध भएको छ । चार वटा जेसीवी प्रयोग गरि पहिरो हटाउने कार्य […] The post पहिरो खसेको ८ घण्टा बित्दा पनि खुलेन नारायणगढ–मुग्लिन सडक appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक खुल्याे

पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ –मुग्लिन सडकखण्ड पुनःसञ्चालन भएको छ ।

पुन: सञ्चालनमा आयाे नारायणगढ-मुग्लिन सडकखण्ड

काठमाडाैँ- पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा ल्याइएको छ। इच्छाकामना गाउँपालिका-६ तोपे खोलामा पहिरोको कारण अवरुद्व भएको सडक भर्खर ११ः१५ बजेबाट दुईतर्फीरूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। त्यहाँ बिहान करिब ९ बजे पहिरो खसेपछि बाटो पूर्णरूपमा अवरुद्ध भएको थियो। नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गका विभिन्न स्थानमा खसेको पहिरोका कारण यात्रा जोखिमपूर्ण र […]

सुख्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध

नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध बनेको छ। ईच्छाकामना गाउँपालिका ६ तोपे खोलामा बिहान ८ः४५ समयमा माथिबाट सुख्खा पहिरो खस्दा दुवै तर्फि सडक अवरुद्ध भएको हो।...

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

हिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। बुधवार राति आएको अविरल वर्षाका कारण दुई ठाउँमा पहिरो खस्दा सवारी आवागमन ठप्प भएको छ। पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने प्रयास भइरहेको छ।

सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन, माघ ७। नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेको छ । इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आज बिहान २ः३० बजे सुक्खा पहिरो खसेको हो । पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पहिरो पन्छाउन करिब तीन घण्टा लाग्ने छ । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारी साधन रोकिएका छन् ।

१३ घण्टादेखि अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा

चितवन । करिब १३ घण्टादेखि अवरुद्ध नारायणगढ मुग्लिन सडकखण्ड केहिबेर अगाडीबाट दुवैतर्फी सञ्चालनमा आएको छ । गएराती ८ बजे सेतिदोभानमा पहिरो खस्दा सो सडक अवरुद्ध बनेको थियो । लगातार वर्षाका भरतपुर महानगरपालिका २९ सेतिदोभानमा पहिरो बिहान ६ बजेदेखि हटाउन सुरु गरिएकोमा अहिले बिहान ९ बजेबाट दुवैतर्फी सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ […] The post १३ घण्टादेखि अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

नारायणगढ-मुग्लिन सडक आजदेखि दिउँसो बन्द हुने

काठमाडौं । पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्नका लागि सडक बन्द गर्न लागिएको जनाएको छ । सडकखण्डमा बिहान १०ः३० देखि दिउँसो ३ः०० बजेसम्म दुईतर्फी आवागमन बन्द रहने आयोजनाका इञ्जिनीयर सविना रानाभाट जानकारी दिनुभयो । उहाँले अत्यावश्यक सेवाबाहेक सबै सवारी साधन रोकिने बताउनुभयो । गत असार पहिलो हप्ता पहिराले बगाएको क्षेत्रमा काम गरिने रानाभाटले जानकारी दिनुभयो । सडकखण्डमा ८५ प्रतिशत पहिरो रोकथामको काम सकिएको आयोजनाले जनाएको छ । सो अवधिमा नारायणढतर्फबाट गएका सवारी साधनलाई जलबिरेमा र मुग्लिनतर्फबाट आएका सवारी साधनलाई शान्तिबजारमा रोकिने छ । उक्त अवधिमा वैकल्पिक सडकमार्ग प्रयोग गर्नसमेत नारायणगढ–मुग्लिन सडक आयोजनाले अनुरोध गरेको छ । वैकल्पिक सडक प्रयोग गर्न नमिल्नेहरुले धैर्यधारण गरी लेन अनुशासन पालना गरी ट्राफिक प्रहरी र कर्मचारीको अनुशासन पालन गर्न भनिएको छ ।