वरिष्ठ साहित्यकार सुवेदीको निधन

सुन्दरहरैंचा (मोरङ) । वरिष्ठ साहित्यकार तथा प्राज्ञ दधिराज सुवेदीको निधन भएको छ । उनको ७८ वर्षको उमेरमा आज बिहान मोरङको विराट मेडिकल कलेज एन्ड टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।  विसं २००३ मा भोजपुरको दिङ्लामा जन्मिएका साहित्यकार सुवेदी क्यान्सर रोगबाट पीडित थिए । पूर्वाञ्चल विश्वविद्यालयमा १२ वर्षसम्म सूचना अधिकृतको रूपमा काम गरेका उनका एक दर्जन मौलिक कृति प्रकाशित छन् । नेपालीमा स्नातकोत्तर गरेका साहित्यकार सुवेदीले पूर्वाञ्चल साहित्य प्रतिष्ठानको सदस्य सचिव तथा प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरको अध्यक्षका रूपमा काम गरेका थिए ।    साहित्यकार सुवेदी विराटनगरलाई कर्मभूमि बनाएर नेपाली भाषा र साहित्यमा सक्रिय थिए । उनका ‘साधनाको अभिरेखाङ्कन’, ‘मातृकाका कथा’, ‘उनको कथाशिल्प’, ‘प्रतिभा र प्रस्तुति’, ‘नेपाली साहित्यका मुस्कानहरू’लगायत कृति लोकप्रिय छन् ।  सुवेदीका नाममा उनका छोराहरूले २०७३ सालमा ‘दधिराज पुरस्कार प्रतिष्ठान’ स्थापना गरेका छन् । सो प्रतिष्ठानमार्फत २०७३ सालदेखि बर्सेनि दुई स्रष्टालाई सम्मान गरिँदै आएको साहित्यकार तथा पत्रकार कृष्णविनोद लम्सालले जानकारी दिए ।  सुवेदीको विराटनगरस्थित परोपकार घाटमा दाहसंस्कार गरिएको उनको पारिवारिक स्रोतले जनाएको छ । सुवेदीका दुई छोरा, एक छोरी र श्रीमती छन् । रासस  

सम्बन्धित सामग्री

वरिष्ठ साहित्यकार सुवेदीको निधन

काठमाडाैं।वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको कोरोना सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा निधन भएको छ। उनको शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।विसं. २००२ साउन १९ गते पाँचथरमा जन्मिएका सुवेदीका कविता,निबन्ध,प्रबन्ध समालोचना आदि गरी तीन दर्जन पुस्तक प्रकाशित छन्।त्रिभुवन विश्वविद्यिालयमा नेपाली विषयमा ३७ वर्ष प्राध्यापन गरेका सुवेदी केन्द्रीय नेपाली विभागका पूर्वप्रमुख, गोरखापत्र संस्थानका पूर्व अध्यक्ष तथा महाप्रबन्धक समेत हुन्।

कोरोनाले वरिष्ठ साहित्यकार सुवेदीको निधन

वरिष्ठ साहित्यकार प्रा राजेन्द्र सुवेदीको कोरोना सङ्क्रमणका कारण ७६ वर्षको उमेरमा सोमबार बिहान निधन भएको छ ।

वरिष्ठ साहित्यकार सुवेदीको निधन

काठमाडाैं।वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको कोरोना सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा निधन भएको छ। उनको शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।विसं. २००२ साउन १९ गते पाँचथरमा जन्मिएका सुवेदीका कविता,निबन्ध,प्रबन्ध समालोचना आदि गरी तीन दर्जन पुस्तक प्रकाशित छन्।त्रिभुवन विश्वविद्यिालयमा नेपाली विषयमा ३७ वर्ष प्राध्यापन गरेका सुवेदी केन्द्रीय नेपाली विभागका पूर्वप्रमुख, गोरखापत्र संस्थानका पूर्व अध्यक्ष तथा महाप्रबन्धक समेत हुन्।

कोरोनाका कारण वरिष्ठ साहित्यकार सुवेदीको निधन

काठमाडौं । वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको कोरोना संक्रमणका कारण ७६ वर्षका उमेरमा आज बिहान निधन भएको छ । उनको केही दिनयता सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो भने त्यसअघि ह्याम्स अस्पतालमा उपचार गरिएको थियो । वि.सं. २००२ साउन १९ गते पाँचथरमा जन्मिएका सुवेदीका कविता, निबन्ध, प्रबन्ध समालोचना आदि...