एजेन्सी– संयुक्त राज्य अमेरिकाका लागि बेलायतका राजदूत नियुक्तिसम्बन्धी विवादले प्रधानमन्त्री कीर स्टार्मरलाई फेरि एकपटक गम्भीर राजनीतिक दबाबमा पारेको छ । पिटर म्यान्डेलसनको विवादास्पद नियुक्तिलाई लिएर संसद्मा अनुसन्धान गराउने कि नगर्ने भन्ने विषयमा मङ्गलबार निर्णायक बहस र सम्भावित मतदान हुने तय भएको छ । स्टार्मरका पूर्व चिफ अफ स्टाफ मोर्गन म्याकस्विनीले सांसदहरूको एक समूहसमक्ष गवाही दिनुहुनेछ, […]
१५ वैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले वाम एकतामार्फत् कम्युनिस्ट आन्दोलनको पुनर्गठनको आह्वान गरेको छ ।
मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सम्पूर्ण देशभक्त शक्तिहरूलाई एकजुट …
काठमाडौं– जेन-जी मुभमेन्ट नेपाल ले प्रस्तुत अध्यादेश अस्वीकृत गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आग्रह गरेको छ। मुभमेन्टका प्रवक्ता विजय शाहले मंगलबार शीतल निवासलाई सम्बोधन गर्दै पठाएको पत्रमा हालै प्रतिनिधिसभा निर्वाचनबाट प्राप्त जनादेशको सम्मान गर्नुपर्ने उल्लेख गरिएको छ। पत्रमा अध्यादेशमार्फत् शासन चलाउने प्रयास लोकतान्त्रिक प्रक्रियाविपरीत हुने तर्क गरिएको छ। ‘अध्यादेश आपतकालीन उपाय हो, नियमित शासनको विकल्प होइन,’ […]
राँझा– बाँकेको नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँमा आज आगलागी हुँदा १३ घरगोठ जलेर ध्वस्त भएका छन् । फुसको छानो भएको बस्तीमा आगजनीबाट नौ घर र चार गोठ गरी १३ घरगोठ जलेर पूर्ण रूपमा क्षति पुगेको इलाका प्रहरी कार्यालय भगवान्पुरका प्रमुख प्रहरी निरीक्षक गणेशराज उप्रेतीले जानकारी दिए । उनका अनुसार आगलागीबाट मानवीय तथा चौपायाको क्षति नभए पनि […]
रामेछाप– यहाँको गोकुलगंगा गाउँपालिकाले अब आइतबार पनि सरकारी कार्यालय, विद्यालय तथा स्वास्थ्य संस्था सञ्चालन गर्ने निर्णय गरेको छ। गाउँकार्यपालिकाको मंगलबारको निर्णयअनुसार वैशाख १६ देखि लागू हुने गरी गाउँपालिकाअन्तर्गतका सबै कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था र स्वास्थ्य संस्थाहरू आइतबार पनि नियमित रूपमा खुल्नेछन्। गाउँपालिकाले शैक्षिक क्षति न्यूनीकरणलाई मुख्य कारणका रूपमा उल्लेख गरेको छ। सातामा दुई दिन […]