मंगलवार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो, लगानीकर्ताको मनोबल किन बढ्न सकेन ?

वैशाख १३, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ ।  यस दिन नेप्से परिसूचक १५ दशमलव शून्य २ अंक घटेर २ हजार ३७० दशलमव ९९ विन्दुमा झरेको हो । कारोबारमा आएका २२८ धितोपत्रको ३४ लाख १९ हजार २२८ कित्ता शेयरको २५ हजार ७६६ पटकमा रू. १ अर्ब ४ करोड ६० लाख १४ हजार ४१७ बराबरको शेयर खरीदविक्री भएको छ ।  आइतवार करीब १०० अंकले बढेको बजार त्यसपछिको दुई दिन भने लगातार घट्यो । खरीदकर्ताहरुले मूल्य बढाएर किनिहाल्ने अवस्थामा देखिएका छैनन् । सोही कारण कारोबार रकम घटेको छ ।  पछिल्लो समय बजार बढेको भोलिपल्ट नै विक्रेता हावी भएको देखिन्छ । अल्पकालिन लगानीकर्ताहरुले थारै प्रोफिट हुने वित्तीकै बुक गर्ने भएकाले पनि यस्तो प्रवृत्ति देखिएको हो । पछिल्लो समय वित्तीय प्रणालीमा तरलता अभाव नै छ, यसले गर्दा पनि लगानीकर्ताको मनोबल बढ्न नसकेको हो । लगानीकर्ता शेयर बजार भनेकै घटबढ भइरहन्छ भन्ने बु्झ्नु पर्छ, लगानी गर्नुपूर्व कम्पनीको आधारभूत पक्ष र प्राविधिक पक्षलाई राम्रोसँग केलाएर लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने देखिन्छ ।    कारोबारमा आएका २२८ ओटा धितोपत्रमध्ये जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशत वृद्धि भएकाले सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ९४४ दशमलव ४० पुगेको छ ।  त्यसैगरी दोस्रोमा एनआईबिएल समृद्धि फण्ड २ को इकाई मूल्य ५ दशमलव शून्य ६ प्रतिशत बढेर रू. ९ दशलमव १४ कायम भएको छ । त्यसैगरी मंगलवार सबैभन्दा बढी हिमालयन पावर पार्टनरका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा मंगलवार ५ दशमलव ४१ प्रतिशत घटेसँगै सर्वाधिक गुमाएका हुन् ।  कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४२० कायम भएको छ । त्यसैगरी दोस्रोमा मञ्जुश्री फाइनान्सको शेयर मूल्य ५ दशमलव शून्य ३ प्रतिशत घटेर रू. ३४० कायम भएको छ ।  मंगलवार सर्वाधिक शेयर खरीदविक्री सिद्धार्थ बैंकको भएको छ । कम्पनीको रू. ४ करोड २१ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३९९ कायम भएको छ । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा अपि पावर कम्पनीको रू. ४ करोड ६ लाख बराबरको भएको छ ।  कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक शून्य दशमलव २९ प्रतिशत र म्युुचुअल फण्ड समूहको परिसूचक १ दशमलव ६२ प्रतिशत वृद्धि भएको छ भने बाँकी सबै समूहको समूहगत परिसूचक घटेको हो ।  समूहगत परिसूचक घट्नेमा बैंकिङ्ग समूहको शून्य दशलमव ३२ प्रतिशत, व्यापार समूहको शून्य दशलमव ४८ प्रतिशत, होटल एण्ड टुरिजम समूहको शून्य दशलमव १२ प्रतिशत, विकास बैंक समूहको १ दशमलव शून्य १ प्रतिशत, हाइड्रोपावर समूहको १ दशमलव ४९ प्रतिशत, वित्त समूहको शून्य दशमलव ९९ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशलमव ९३ प्रतिशत, अन्य समूहको शून्य दशमलव ६२ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव २८ प्रतिशत, जीवन बीमा समूहको शून्य दशमलव ७५ प्रतिशत र लगानी समूहको परिसूचक १ दशमलव ३९ प्रतिशतका दरले घटेको हो । 

सम्बन्धित सामग्री

नेप्से परिसूचक बढ्यो, कारोबार रकम भने घट्यो

काठमाडौँ । मंगलबार नेप्से परिसूचक २.३३ अङ्क बढेको छ । तर, कारोबार रकम भने घटेको छ । गत कारोबार दिन एक अर्ब २६ करोड रुपैयाँको सेयर कारोबार भएकोमा आज कारोबार रकम २४ करोड ७१ लाख रुपैयाँ घटेको हो । आज २२६ धितोपत्रको २९ लाख १४ हजार ५०५ कित्ता सेयर एक अर्ब एक करोडमा खरिद–बिक्री भएको […]

२५२७ अङ्कमा झर्‍यो नेप्से , कारोबार रकम पनि घट्यो

काठमाडौँ । सेयर बजारको परिसूचक नेप्से २५२७ अङ्कमा झरेको छ । मंगलबार १४.२६ अङ्कले नेप्से घटेको हो । कारोबार रकम पनि घटेको छ । कुल १ अर्ब ७५ करोड रुपैयाँको कारोबार भयो । यसअघि सोमबार कुल २ अर्ब ५४ करोड रुपैयाँको कारोबार भएको थियो भने आइतबार ४ अर्ब ९८ करोड रुपैयाँको कारोबार भएको थियो । […]

नेप्से घट्यो, कारोबार रकम बढ्यो

काठमाडौँ । आज (बिहीबार) सेयर बजारको परिसूचक नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । कुल ३ अर्ब २४ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यसअघि बुधबार जम्मा २ अर्ब ४ करोडको मात्रै कारोबार भएको थियो । परिसूचक नेप्से भने १६. ६९ अङ्कले घटेको छ । सो अङ्कको गिरावटपछि नेप्से २६१३ अङ्कमा कायम […]

नेप्से परिसूचकसँगै सुस्तायो शेयर कारोबार रकम

साताको तेस्रो शेयर बजार घटेर बन्द भएको छ । मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचकसँगै कारोबार रकम समेत घटेको छ ।

२९३१ अङ्कमा पुग्यो नेप्से , कारोबार रकम घट्यो

काठमाडौँ । साता कारोबारको अन्तिम दिन आज (बिहीबार) सेयर बजारको परिसूचक नेप्से २९३१ अङ्कमा पुगेको छ । ३३ अङ्कको वृद्धिपछि नेप्से २९३१ अङ्कमा पुगेको हो । नेप्से बढे पनि कारोबार रकम घटेको छ । दिनभर जम्मा ५ अर्ब ७७ करोडको कारोबार भयो । यसअघि हिजो ६ अर्ब २ करोडको भएको थियो । बैङ्किङ उपसमूह १ […]

२० अङ्कले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौँ । आज (सोमबार) सेयर बजारको परिसूचक नेप्से २०.६४ अङ्कले बढेको छ । सो अङ्कको वृद्धिसँगै नेप्से २९४७ अङ्कमा पुगेको छ । परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । आइतबार ९ अर्ब ६७ करोडको कारोबार भएकोमा सोमबार ७ अर्ब ९० करोडमा खुम्चिएको छ । बैङ्किङ १९, होटल तथा पर्यटन ६, जलविद्युत ५५, जीवन […]

नेप्से र कारोबार रकम दुवैमा ओरालो

नेप्से आरोलो लागेसँगै कारोबार रकम समेत ओरालो लागेको छ। कूल २३० कम्पनीको एक करोड ८१ लाख नौ हजार ९६७ कित्ता शेयर रु नौ अर्ब ५० करोड ५९ लाख ७० हजार ८२२ मूल्यमा खरिद बिक्री भए।...

बढ्यो कारोबार रकम

काठमाडौं। आज सेयर बजार घटेपनि कारोबार रकम भने बढेको छ। नेपाल स्टक एक्चेञ्ज(नेप्से) का अनुसार आज बजारमा २२९ कम्पनीको कारोबारमा ९ अर्ब ९८ करोड २६ हजार रुपैयाँको कारोबार भएको छ भने हिजो ८ अर्ब ६ करोड रुपैयाँको कारोबार भएको थियो। योसँग आज बजारमा आइतबार भन्दा एक अर्ब ९२ करोड रुपैयाँ बढीको कारोबार भएको छ।

बढ्यो कारोबार रकम

काठमाडौं। आज साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को कारोबार रकम बढेको छ। हिजो बुधबार ५ अर्ब ८३ करोडको कारोबार भएको नेप्सेमा आज ६ अर्ब ७० करोड रुपैयाँको कारोबार भएको हो। पछिल्लो समय कारोबार रकम निरन्तर ओरालो लाग्ने क्रममा हिजो ६ अर्ब रुपैयाँबाट घटेपनि आज फेरि सुधारिएको नेप्सेले बताएको छ।

खुम्चिँदै नेप्सेको कारोबार रकम

काठकाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को कारोबार रकम खुम्चिन थालेको छ। यो साता नेप्सेमा हुने सेयर कारोबार रकम निरन्तर खुम्एिको हो। जेठ महिनाको ३० गते नेप्सेमा एकै दिन १९ अर्ब ४२ करोड रुपैयाँको कारोबार भएको थियो। त्यसयता निरन्तर ओरालो लागेको कारोबार रकम हिजो अर्थात् असार १० सम्म आइपुग्दा ६ अर्ब ९६ करोड रुपैयाँमा सीमित बनेको छ।