सत्ता गठबन्धन कार्यदलको बैठक निष्कर्षविहीन, शीर्ष नेतालाई ब्रिफिङ गरिने

सत्ता गठबन्धनबीच सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको बैठकमा संयोजकले सिट बाँडफाँटको मोडालिटी पेश गर्ने भनिएपनि सहमति नभएपछि बैठक निष्कर्षविहीन बनेको कार्यदल सदस्य रामसहाय यादवले जानकारी दिए । उनका अनुसार हालसम्म भएको बैठकको प्रगतिका विषयमा अब शीर्ष नेतालाई ब्रिफिङ गरेर सोही अनुसार शनिबार बैठक बस्ने सहमति भएको छ ।