मर्स्याङ्दी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल भत्कियो

गोरखा - मर्स्याङ्दी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल भत्किएको छ ।   गोरखा नगरपालिका–१४ गौप्लिङ र तनहुँको आँबुखैरेनी–२ एक्ले फाँट जोड्ने झोलुङ्गे पुल भत्किएपछि आवतजावतमा समस्या भएको छ । तनहुँतर्फको भाग भत्किएर झोलुङ्गे पुलको केही भाग नदीमा डुबेको छ । आवतजावत बन्द भएपछि तनहुँबाट गोरखातर्फ जानका लागि र गोरखाबाट तनहुँतर्फ आउनका लागि लामो बाटो हिँड्नु पर्ने बाध्यता छ । यसैगरी गोरखाको पालुङटार नगरपालिका वडा नम्बर २ मा रहेको ढुन्डुरे खोलामा आएको बाढीले मोटरेबल पुल जोखिममा परेको प्र...

सम्बन्धित सामग्री

मर्स्याङदीको बाढीले झोलुङ्गे पुल भत्कियो (फोटो फिचरसहित)

मर्स्याङदी नदीमा आएको बाढीले तनहुँ र गोरखा जोड्ने झोलुङ्गे पुल भत्किएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ को एक्लेफाँट र गोरखाको गोरखा नगरपालिका–४ गोप्लिङ्ग जोड्ने पुल भत्किएको आँबुखैरेनी गाउँपालिका –२ का वडाध्यक्ष कटकबहादुर थापाले जानकारी दिनुभयो । पुल भत्किए पछि त्यस क्षेत्रमा करीव १० हजार जनालाई आवतजावतको लागि समस्या परेको वडाध्यक्ष थापाले बताउनुभयो । पुल ६ वर्ष अघि निर्माण गरिएको दुई साता अघि आएको बाढीले पुलको संरचनामा नोक्सान पु-याएको बिहीबार साँझ पूर्ण रुपमा भत्किएको वडाध्यक्ष थापाले बताउनुभयो । ‘‘पुलको भत्किएपछि ७५ प्रतिशत भाग पानीमा डुवेकोले आवतजावत बन्द भएको छ’’ वडाध्यक्ष थापाले भन्नुभयो । तनहूँको, एक्लेफाँट, बराँदी, अकला, गोरखाको गोप्लिङ, गोर्वुङ, सलाङगिरी र धार्मिकस्थल अकला मन्दिरमा आउने भक्तजन लगायतका स्थानीय आउजाउ गर्ने पुल भएको र गण्डकी प्रदेश सरकारलाई निर्माण पहल गरिएको आँबुखैरेनी गाउँपालिकाले जनाएको छ ।