सुवास नेम्वाङले भने– माओवादी छैन, सहमति जुटाउन अध्यक्षले छलफल गरिरहनुभएको छ

नेकपा एमाले स्थायी समितिका सदस्य सुवास नेम्वाङले पार्टीको नयाँ नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओलीले छलफल गरिरहेको बताएका छन् । सौराहास्थित ओली बसेको होटल पार्क सफारीमा अध्यक्ष ओलीसँग छलफल गरेर निस्किने क्रममा नेम्वाङले छलफल जारी रहेको बताए ।एमाले अध्यक्ष ओलीले सहमतिमै नेतृत्व चयन गर्नका लागि आफूनिकट नेताहरुसँग बिहानैदेखि छलफल जारी राखेका छन । नेम्वाङले पत्रकारहरुसँग भने, ‘अध्यक्षले छलफल गरिरहनुभएको छ, सहमति जुटिसकेको छैन ।’छलफलका क्रममा पूर्वमाओवादी खेमाबाट रामबहादुर थापा बादल