स्वरोजगार बनाउन सवा अर्ब लगानी

मुलुकमा बेरोजगारी दर बढिरहेका बेला सरकारले करिव सवा अर्ब रुपैयाँ लगानी गरेर रोजगार सृजना गर्ने भएको छ। युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत एक अर्ब २० करोड रुपैयाँ लगानी गरेर करिव १२ हजार युवालाई स्वरोजगार बनाउने तयारी गरेको छ।...

सम्बन्धित सामग्री

सामाजिक सुरक्षा कोषबाट ७४ अर्ब ५५ करोड लगानी

काठमाडौं। योगदानमा आधारित सामाजिक सुरक्षा कोषले लगानीसम्बन्धी नीतिगत व्यवस्था भएसँगै विभिन्न क्षेत्रमा लगानी बढाउन थालेको छ । सामाजिक सुरक्षा कोष लगानी कार्यविधि जारी भएपछि कोषले कार्यविधिअनुसार मुद्दती निक्षेप, शेयर, डिबेन्चर, ट्रेजरी बिल्स, पूँजी बजारको म्युचुअल फन्डलगायतमा लगानी गरेको छ । हालसम्म ७४ अर्ब ५५ करोड ११ लाख रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको कोषले जानकारी दिएको छ । कोषले आर्थिक अभियानलाई उपलब्ध गराएको तथ्यांकअनुसार भदौ ३१ सम्ममा ५८ अर्ब ६२ करोड ६२ लाख रुपैयाँ विभिन्न बैंकको मुद्दती खातामा छ । कोषले मुद्दती खातामा राखेको उक्त रकमबाट सरदर ९ दशमलव ६९ प्रतिशत ब्याज पाउँछ । उक्त रकम बैंकहरूले आफ्नो प्राथमिकताअनुसार लगानी गर्न सक्छन् । यसले बजारमा रहेको तरलता अभावलाई कम गर्न सघाउने कोषका अधिकारी बताउँछन् । त्यस्तै डिबेन्चरमा पनि कोषले लगानी गरेको छ । ८ दशमलव ९७ प्रतिशत वार्षिक ब्याजदरमा कोषले ३ अर्ब २ करोड रुपैयाँ डिबेन्चरमा लगानी गरेको छ । म्युचुअल फन्डमा कोषले २६ करोड लगानी गरेको छ ।  राष्ट्र बैंकले जारी गर्ने सरकारी ऋणपत्र ट्रेजरी बिल्समा समेत कोषले लगानी गरेको छ । ९ अर्ब २१ करोड रुपैयाँ कोषले ट्रेजरीमा लगानी गरेको देखिन्छ । नेपाल राष्ट्र बैंकले १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गर्ने अल्पकालीन सरकारी ऋणपत्र ट्रेजरी बिल्स हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् । तिनै टे्रजरीमा कोषले सरदर ९ दशमलव ६२ प्रतिशत ब्याजदरमा उक्त रकम लगानी गरेको जानकारी दिएको छ । कोषले विकास ऋणपत्रमा पनि लगानी गरेको छ । प्राप्त तथ्यांकअनुसार १ अर्ब ९८ करोड रुपैयाँभन्दा बढी रकम कोषले ८ दशमलव ९७ प्रतिशत ब्याजदरको विकास ऋणपत्रमा लगानी गरेको छ । विकास ऋणपत्र २ वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल नेपाल राष्ट्र बैंकबाट निष्कासन भएका विकास ऋणपत्र ३ वर्षदेखि १५ वर्ष अवधिसम्मका छन् । ती विकास ऋणपत्रमा कोषले धमाधम लगानी गरिरहेको छ ।  कोषले योगदानकर्तालाई कर्जासमेत दिन थालेको छ । भदौ ३१ सम्ममा कोषले १ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी रकम योगदानकर्तालाई कर्जा दिएको छ । योगदानकर्ता सापटीअन्तर्गत योगदान रकमको आधारमा योगदानकर्ता विशेष सापटी, आवास निर्माणका निम्ति योगदानकर्ता घर सापटी, मानव पूँजी निर्माणमा सहयोग पुर्‍याउने हेतुले योगदानकर्ता शैक्षिक सापटी तथा श्रमिकको भैपरी आउने कार्यलाई सुविधा प्रदान गर्न योगदानकर्ता सामाजिक कार्य सापटी कोषले दिने गरेको छ ।  कोषका अनुसार योगदानकर्ता सापटीअन्तर्गत योगदान रकमको आधारमा धितो राखेर योगदानकर्ताले घर निर्माण र खरीद गर्न, संयुक्त आवासमा युनिट खरीद गर्न वा आफ्नो स्वामित्वमा रहेको घरमा तला थप्न वा मर्मत गर्न ७५ लाख रुपैयाँ वा १५ वर्षको तलब रकम जुन कम हुन्छ सोही बराबर घर सापटी प्राप्त गर्ने सक्छन् ।  योगदानकर्ता आफै वा पति–पत्नी, छोरा–छोरीका लागि स्वदेश वा विदेशमा उच्च शिक्षा अध्ययनको लागि शैक्षिक सापटी ३५ लाख रुपैयाँसम्म प्राप्त गर्न सक्ने कार्यविधिमा व्यवस्था छ । योगदानकर्ताले भैपरी आउने सामाजिक कार्यका लागि ५ लाख रुपैयाँसम्म सामाजिक कार्य सापटी कोषबाट प्राप्त गर्न सक्छन् । योगदानकर्ता विशेष सापटीबाहेक अन्य सबै सापटीको कुल योग १ करोड वा १५ वर्षको तलब बराबरको रकममध्ये कम हुने रकम सीमाभित्र रही धितोले खामेसम्म र कर्जा भुक्तानीको आधारमा पर्याप्त भएको हुनुपर्ने व्यवस्था कार्यविधिमा छ । सापटीका निम्ति कोषमा कम्तीमा ३ वर्षसम्म लगातार योगदान गरेको हुनुपर्छ ।  कोषमा संकलित रकमलाई लगानी विविधीकरणको माध्यमबाट विभिन्न क्षेत्रमा लगानी गर्दै योगदानकर्ताको हितमा परिचालन गराई उच्च, दिगो तथा सुनिश्चित प्रतिफल प्राप्त गर्ने दिशामा आफूहरू अघि बढेको कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए । निजीक्षेत्रका श्रमिकलाई लक्षित गरेर तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ मङ्सिर ११ गते औपचारिक रूपमा घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा २०७६ साउन १ गतेदेखि योगदान रकम जम्मा गर्न शुरू गरिएको थियो । औपचारिक तथा अनौपचारिक क्षेत्रका श्रमिक तथा कर्मचारीलाई शुरूमा स्वैच्छिक आबद्ध गराउँदै सबै क्षेत्रलाई समेट्ने कोषको लक्ष्य छ । भदौ ३१ सम्ममा कोषमा औपचारिक क्षेत्रका ४ लाख ४५ हजार श्रमिक आबद्ध भएका छन् । १८ हजार २ सयभन्दा बढी रोजगारदाता सूचीकृत भएका छन् ।  वैदेशिक रोजगारीमा रहेका श्रमिकसमेत कोषमा आबद्ध भइरहेका छन् । भदौ ३१ सम्म ३ लाख ३६ हजार वैदेशिक रोजगारीका श्रमिक कोषमा आबद्ध भएको तथ्यांकले देखाउँछ ।  औपचारिक, अनौपचारिक, स्वरोजगार, वैदेशिक रोजगारीमा रहेकासमेत जोड्दा अहिलेसम्म कोषमा योगदान गर्नेको संख्या ७ लाख ८१ हजार पुगेको छ । कोषमा बैंक, वित्तीय संस्थाका धेरैजसो कर्मचारी आबद्ध भएका छैनन् । बैंकका कर्मचारीले खाइपाई आएको सुविधा घट्ने भन्दै कोषमा नजाने अडान राख्दै आएका छन् । उनीहरूले कोषविरुद्ध सर्वोच्च अदालतमा मुद्दासमेत हालेका छन् । सर्वोच्चले अदालतले फैसला सुनाउन बाँकी छ । अदालतमा मुद्दा चलिरहेका कारण कोषले पछिल्लो समय सामाजिक सुरक्षामा कोषमा आबद्ध हुन बैंक, वित्तीय संस्थालाई ताकेता गरेको छैन ।

‘स्वरोजगार बन्न कर्जाको अत्यधिक माग’

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, युवा तथा साना व्यवसायी स्वरोजगार कोषको चार अर्ब २४ करोड ६५ लाख ७ हजार ६ सय ७५ रुपैयाँ लगानी भएको छ । उक्त कोषको रकम हालसम्म १२ अर्ब ९३ करोड ११ लाख ८५ हजार लगानी भएको युवा तथा साना व्यवसायी स्वरोजगार कोषले जनाएको छ । उक्त कोषमा विपन्न वर्गतर्फ […]

युवा स्वरोजगार कोष १५औं वर्षमा, ९५ हजार जनालाई स्वरोजगारी बनाएको दाबी

१९ फागुन, काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले स्थापनाको १४ वर्षमा ९५ हजार जना भन्दा धेरैलाई स्वरोजगारी सृजना गरेको दाबी गरेको छ । १५औं वर्ष प्रवेश गरेको अवसरमा कोषले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यस अवधिमा कोषको लगानी १२ अर्ब ९३ करोड रुपैयाँ पुगेको र यसबाट स्वरोजगार हुनेको संख्या ९५ हजार १६१ जना रहेको […]

कृषिमा सहकारीको १५ अर्ब लगानी

भैरहवा – जिल्लास्थित सञ्चालनमा रहेका सहकारीहरूले उत्पादनमूलक क्षेत्रमा लगानी गरेका छन् । सहकारीको लगानीबाट हजारौँ युवा स्वरोजगार बनेको जिल्ला सहकारी सङ्घ रुपन्देहीले जनाएको छ। सहकारीले जिल्लामा सबैभन्दा धैरै लगानी कृषि क्षेत्रमा गरेको देखिन्छ । यसबाहेक कृषिजन्य उद्योग, कुखुरा फार्म, गाईभैँसी फार्म, माछाफार्म, तरकारी खेती, किराना पसलमा सहकारीले लगानी गरेको सहकारीको वार्षिक लेखा परीक्षणले देखाएको आन्तरिक […]

स्वरोजगार कोषद्वारा १ करोड व्याज अनुदान वितरण

कोषबाट कर्जा लगेर निर्धारित समयमा तिर्ने व्यवसायीलाई चालु आर्थिक वर्षको जेठसम्म एक करोड चार लाख रुपैयाँ व्याज अनुदान फिर्ता गरेको हो।कोषले मुलुभरका करिव २३ सय वित्तीय संस्थामार्फत करिव ११ अर्ब २३ करोड रुपैयाँ लगानी गरेको छ।...

स्वरोजगार लघुवित्तको खुद नाफा १६.९७% बढ्यो

वैशाख २१, काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । उत्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १६ दशमलव ९७ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. ११ करोड २६ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. १३ करोड १७ लाख पुगेको हो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ३५ प्रतिशत र सञ्चालन नाफा १०९ प्रतिशत वृद्धि भएको छ । त्यसैगरी २५ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी रू. ५१ करोड ४० लाख पुगेको हो ।चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. २२ करोड ५१ लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीले रू. ४ अर्ब ६० लाख सापटि लिएर,रू. ३ अर्ब ६ करोड निक्षेप संकलन गरेर रू. ७ अर्ब ६३ करोड भन्दा बढी कर्जा लगानी गरेको छ । त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी(वार्षिकीकरण) रू.३४ दशलमव १८, मूल्य आम्दानी अनुपात २८ दशमलव ५० टाइम्स, तरलता अनुपात ८ दशमलव ६९ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १४३ दशलमव ८० रहेको छ । कम्पनीले हालसम्ममा ३६ जिल्लामा ९१ ओटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको वित्तीय विवरण मार्फत जानकारी गराएको छ ।

११ अर्ब लगानी, ८३ हजार स्वरोजगार

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले विगत १३ वर्षमा स्वरोजगारका कार्यक्रम सञ्चालन गर्न ११ अर्ब लगानी गरेको छ । कोषले स्थापनाको १३ वर्षमा विभिन्न स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गर्न ११ अर्ब ९ करोड ४८ लाख ३५ हजार रुपैयाँ लगानी गरेको हो ।कोषले यो अवधिमा ८३ हजार युवालाई स्वरोजगार बनाएको जनाएको छ । यसमध्ये विपन्न वर्ग कर्जाअन्तर्गत […]

बेरोजगारीका नाममा ठूला व्यापारीलाई ५० करोड !

काठमाडौं । विपन्न तथा बेरोजगार युवालाई स्वरोजगार बनाउन भन्दै ‘युवा स्वरोजगार कोष’ मार्फत सरकारले गरेको अर्बौं लगानी उपलब्धिविहीन भएको छ।   ०६५ देखि ०७४ सम्म कोषको नाममा सात अर्ब २७ करोड रुपैयाँ खर्च ...

यो वर्ष सरकारको योजना : १० अर्ब लगानी, १ लाख युवा स्वरोजगार

१७ साउन, काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले आर्थिक वर्ष २०७५/७६ मा १ लाख युवालाई स्वरोजगार बनाउने निर्णय गरेको छ । कोषका अध्यक्ष एवंम युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको कोषको बोर्ड बैठकले चालु आर्थिक वर्षमा १० अर्ब रुपैयाँलगानी गरेर १ लाख युवालाई स्वरोजगार बनाउने निर्णय गरेको …