जनकपुरधाम उपमहानगरपालिका केही दिनलाई सिल हुने

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाले कोभिड–१९ संक्रमणको चेन तोड्न वडा/नगरपालिका सिल गर्न जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको छ।आइतबार बसेको नगरपालिकाको संकट व्यवस्थापन समितिको बैठकबाट सो निर्णय गरिएको हो।जनकपुर उपमहानगर क्षेत्र भित्र देखिएको लापरबाही र दिनप्रतिदिन बढ्दै गएका बिरामीको संख्यालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको हो। साथै उपमहानगरपालिकाले हटस्पट क्षेत्रमा थप कडाइ गर्ने भएको छ। संक्रमित संख्या दिनहुँ बढे पनि लापरबाही भएको भन्दै थप कडाइ पारिने भएको

सम्बन्धित सामग्री

निःशुल्क आँखा शिविरबाट २२९ ले पाए सेवा

धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१७ कनकपट्टिमा सम्पन्न निःशुल्क आँखा शिविरमा दुई सय २९ जनाले आँखाको जँचाएका छन्।...

जनकपुरधाम उपमहानगरपालिका : मनोज साहको अग्रता कायमै

जनकपुरधाम उपमहानगरपालिकाको जारी मतगणनामा काँग्रेस बागी उम्मेदवार मनोज साहले अग्रता कायमै राखेका छन् । जनकपुरधामको १,२,३,४,५,६ र २५ वडाको मतगणना पश्चात् मनोज ३९५६ मत ल्याइ अग्रस्थानमा छन् । उनलाई एमालेका शिवशङ्कर साह हिराले २०८६ मत ल्याइ पछ्याई रहेका छन् । मनोज र हिराबीचको मतान्तर १८७० मतको छ । त्यस्तै लोसपाका मनोज चौधरी ११२६, स्वतन्त्र उम्मेदवार बलराम महतोले १११३ मत ल्याएका छन् । सत्ता गठबन्धनका उम्मेदवार जसपाका लालकिशोर साह ८७६ र स्वतन्त्र उम्मेदवार जानकीराम साहले ४९३ मत ल्याएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका–१ मा कांग्रेस विजयी

काठमाडौं : धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसले खाता खोलेको छ।वडा नम्बर–१ मा कांग्रेसका दीपनारायण यादव निर्वाचित भएका हुन्। एक हजार १४३ मत ल्याएर यादव विजयी भएका हुन्।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लवकुमार अधिकारीले ५४१ मत प्राप्त गरे।

सहरी स्वास्थ्य केन्द्र विस्तार गर्दै जनकपुरधाम उपमहानगरपालिका

जनकपुर । नागरिकको स्वास्थ्य उपचारमा सहजता प्रदान गर्ने उद्देश्यले जनकपुरधाम उपमहानगरपालिकाले नगर क्षेत्रका विभिन्न ११ वटा वडामा सहरी स्वास्थ्य केन्द्र विस्तार गर्न लागेको छ । नगरवासीको स्वास्थ्य अवस्थामा सुधार ल्याउने र सबै नागरिकको स्वास्थ्यमा सहज पहुँच पुर्‍याउने नीति तथा योजनाअन्तर्गत उपमहानगरपालिकाले वडा नं ७, १२, १३, १४, १५, १८, १९, २०, २२, २३ र २४ […]

सहरी स्वास्थ्य केन्द्र विस्तार गर्दै जनकपुरधाम उपमहानगरपालिका

नागरिकको स्वास्थ्य उपचारमा सहजता प्रदान गर्ने उद्देश्यले जनकपुरधामउपमहानगरपालिकाले नगरक्षेत्रका विभिन्न ११ वटा वडामा सहरी स्वास्थ्य केन्द्र विस्तार गर्न लागेको छ।

जनकपुरमा हिन्दु र मुस्लिम समुदायबीच झडप, ३२ घण्टा निषेधाज्ञा

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० स्थित देवपुरा रुपैठामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका जलमग्न

अविरल वर्षाले जनकपुरधाम उपमहानगरपालिका जलमग्न भएको छ । उपमहमानगरपालिकाद्वारा निर्माण गरिएको ढलमा पानी निकास हुन नसक्दा घर घरमा पानी पसेर जनजीवन कष्टकर बनेको छ ।ढलमा पानी निकास अवरूद्ध हुँदा  भानु, कदम , रामानन्द चोक, सरकारी कार्यालय क्षेत्र तथा प्रादेशिक अस्पताल क्षेत्रका सडक जलमग्न भएको छ । बगिरहेको सडकका पानीले हुलाक, वन निर्देशनालय, परिवार नियोजन संङ्घ, आन्तरिक राजस्व कार्यालय, राष्ट्रिय समाचार समिति डुबानमा परेको छ ।

जनकपुरधाम उपमहानगरपालिका जलाशयमा परिणत, जनजीवन कष्टकर

धनुषा । अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका जलाशयमा परिणत भएको छ। वर्षाले नगरका सडकमा तीन फिटसम्म पानी बगिरहेको छ भने उपनगरपालिकाका पच्चीसै वडाका बासिन्दाको घरघरमा पानी पसेको छ । घर घरमा पानी पसेका ...

अव जनकपुरधाम उपमहानगरपालिका, मैथिली भाषामा सपथ

जनकपुर उपमहानगरपालिकाको नाममा ‘धाम’ थपिने भएको छ । नवनिर्वाचित पदाधिकारीहरुको सोमवार सम्पन्न पहिलो बैठकले जनकपुरधाम उपमहानगरपालिका नामाकरण गर्न सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरेको हो ।