सर्लाहीको लालबन्दी र ईश्वरपुर जोड्ने पुल निर्माण अलपत्र

सर्लाहीको लालबन्दी र ईश्वरपुर जोड्ने फुलजोर खोलाको पुल निर्माण अलपत्र परेको छ । डेढ महिनाअघि बाढीले क्षति पुर्याएको सो पुलको निर्माण कार्य अहिले अलपत्र परेको हो । लालबन्दी नगरपालिका–३ जब्दी र ईश्वरपुर नगरपालिका–८ रामपुरलाई जोड्ने फुलजोर खोलाको निर्माणाधीन पुल ढलान भएको दुई सातामै सामान्य पानी पर्दा क्षति भएको डेढ महिना पुगिसक्दा पनि निर्माणको काम अघि बढ्न सकेको छैन ।ठेकेदारले बेलैमा काम नगरेका कारण बाढीले पुलमा क्षति गरेको र पुनः निर्माणमा ठेकेदार कम्पनी मौन देखिएको ईश्वरपुर नगरपालिक