कालीगण्डकी नदीमा पहिरो खस्दा कालीपुलका आठ घर क्षति, तीन घाइते

बेनी नगरपालिका–८,  कालीपुलस्थित कालीगण्डकी नदीमा पहिरो खस्दा तीन जना घाइते भएका छन् भने आठ घरमा क्षति पुर्‍याएको छ । पर्वतको जलजला गाउँपालिका–३ मल्लालको भीरबाट सो नदीमा पहिरो खस्दा बेनी–८ मा अवस्थित कालीपुल बजारमा छालसहितको बाढी आएको थियो ।  कालीपुल टोल सुधार समितिका संयोजक ताराप्रसाद पुनले आज बिहान खसेको पहिरोले नदीमा छाल र बाढी बजारतर्फ आउँदा आठ घरमा क्षति पुर्‍याएको जानकारी दिए ।  उनका अनुसार बाढीले घर भत्कँदा सन्तु पुन, गोविन्द बुढा र रेखा नेपाल घाइते भएका...

सम्बन्धित सामग्री

काभ्रेको पाँचखालमा सुक्खा पहिरो : एकको मृत्यु, दुई घाइते

काभ्रे : काभ्रेको पाँचखाल नगरपालिका–८ चिसापानीस्थित सुक्खा पहिरो जाँदा एकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।बिहीवार बाटोमा जाली लगाउने कामदारहरू जाली लगाउँदै गर्ने क्रममा माथिबाट सुक्खा पहिरो खस्दा सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ घर भई हाल काभ्रेको पाँचखाल–८ चिसापानी बस्ने २३ वर्षीय कुशल नेपाली (सुन्दास)को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले पहिरोले पुरिएर गम्भीर घाइते नेपालीलाई उद्धार गरी

हुम्लामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको ज्यान गयो

काठमाण्डाै - हुम्लाको चङ्खेली गाउँपालिका–६ मा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको ज्यान गएको छ । ५७ वर्षकी तुलसा कामी, ९ वर्षकी सुश्मिता कामी, ७ वर्षकी हुइजाली कामी र ५ वर्षका वसन्त कामीको ज्यान गएको गाउँपालिकाका उपाध्यक्ष प्रेमकला शाहीले उज्यालोलाई जानकारी दिनुभयो । घरमा रहेका तीन जना घाइते भएका र उनीहरुको गाउँकै स्वास्थ्य चौकीमा उपचार भइरहेको उहाँले बताउनुभयो । लगातार परेको पानीले पहिरो खस्दा घर पुरिएको हो ।

सुख्खा पहिरो जाँदा दुई बालकको मृत्यु, एक महिला घाइते

जुम्ला : जुम्लाको तिला गाउँपालिका २ मा पहिरो जाँदा दुई बालकको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन्।तिला २ को डण्डेलीमा नयाँ घर निर्माणका  लागि  खनेको जग माथिबाट सुख्खा पहिरो खस्दा ३ वर्षका शिशिर बोहोरा र ३ वर्षकै  हिमेश रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।स्थानीय रण बहादुर बोहोराको नयाँ घर निर्माणका लागि जम्मा गरिराखेको माटोको ढिस्को खस्दा उक्त घटना भएको हो।बोहोराकी श्रीमती लक्ष्मी बोहोरा घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब निरीक्षक नरेन्द्

जुम्लामा सुख्खा पहिरो : दुई बालकको मृत्यु, एक महिला घाइते

जुम्ला । जुम्लाको तिलागाउँपालिका- २ मा पहिरो जाँदा दुई बालकको मृत्यु भएको छ । पहिरोमा एक महिला घाइते भएकी छन् । तिला २ को डण्डेलीमा नयाँ घर निर्माणका लागी खनेको जगमाथिबाट सुख्खा पहिरो खस्दा तीन वर्षका शिशिर बोहरा र तीन वर्षकै हिमेश रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै रण बहादुर बोहराको […] The post जुम्लामा सुख्खा पहिरो : दुई बालकको मृत्यु, एक महिला घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक.

मुस्ताङमा विद्यालयमाथि हिउँ पहिरो खस्दा शिक्षकसहित ८ विद्यार्थी घाइते (भिडिओ)

न्युज अफ नेपाल, मुस्ताङ। आइतबार मुस्ताङको धवलागिरी हिम श्रृंखालाको माना पाथी पहाडमा हिउँ पहिरो गएको छ । लार्जङस्थित विद्यालय माथिबाट हिउँ पहिरो आएको देखेपछि भाग्दा एक जना शिक्षकसहित ८ जना विद्यार्थी घाइते छन्। रत्नदेवी तुलाचनको घर भत्किएको छ। सदरमुकामसँगै जोडिएको थासाङ गाउँपालिका वडा नम्बर २ को माथिल्लो थाप्लामा आज बिहान ११ बजेर ४० मिनेटमा हिउँ […]

पहिरो खस्दा कालीपुलका आठ घर क्षति, तीन घाइते

बेनी- बेनी नगरपालिका-८  कालीपुलस्थित कालीगण्डकी नदीमा पहिरो खस्दा तीन जना घाइते भएका छन् भने आठ घरमा क्षति पुर्‍याएको छ ।  पर्वतको जलजला गाउँपालिका-३ मल्लालको भिरबाट सो नदीमा पहिरो खस्दा बेनी-८ मा अवस्थित कालीपुल बजारमा छाल सहितको बाढी आएको थियो ।  कालीपुल टोल सुधार समितिका संयोजक ताराप्रसाद पु…

स्याङ्जाको राम्दीमा पहिरो जाँदा एकको मृत्यु

भूपराज बस्याल, स्याङ्जा । अविरल बर्षाका कारण गल्याङ नगरपालिका – १ राम्दीमा पहिरो जादा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सिद्धार्थ राजमार्ग आइतबार साँढे चार बजेको समयमा माथीबाट पहिरो खस्दा सिद्धार्थ राजमार्ग एक घर पुर्ण रुपमा पुरिएको छ भने तीन घर क्षति पुगेको छ । पुरिएको घर बाट वालिङ् […]

सुख्खा पहिरो खस्दा एक जनाको मृत्यु, दुई घाइते

पर्वत : पर्वतको जलजला गाउँपालिका–३ बेनीमा बिहीबार साँझ खसेको सुख्खा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।पहिरोमा परी मृत्यु हुनेमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ घर भएका अन्दाजी ३५ वर्षीय टेकमान गर्वुजा रहेका छन्। घाइते हुनेहरूमा ननकी खान र राजु ठाकुर रहेको प्रहरीले जनाएको छ।अहिले घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका अनुसार साँझ करिब पाँच बजे खसेको उक्त पहिरो जिप मर्मत गर्ने ग्यारेजमा खसेको हो।ग्यारे

पहिरोले घर भत्किँदा तनहुँमा एक वृद्धाको मृत्यु

लगातार केही दिनदेखि परेको वर्षातका कारण पहिरो खस्दा तनहुँमा एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–१ निर्मलनगर टोलकी ६२ वर्षीया सरस्वती घर्ती हुन्।   गए राति घर पछाडिको ठूलो ढुङ्गा खसेर घर भत्किँदा पहिरामा च्यापिएर वृद्धा घाइते हुनुभएको थियो । त्यहाँबाट उद्धार गरेर अस्पताल लैजाँदा उहाँको मृत्यु भएको वडाध्यक्ष खरसिं दरैले जानकारी दिए।   वृद्धासहित पाँचजनाको परिवार घरमा सुतिरहेका थिए । घर भत्किएपछि अन्य चारजना भने भागेर ज्यान जोगाउन सफल भएको वडाध्यक्ष दरैले जानकारी दिए। चारजना सकुशल...

डोटीमा पहिरोले घर बगाउँदा बालिकाको मृत्यु, बाबुअामा घाइते

डोटी : सायल गाउँपालिका–१  छपाली  बिनेपडामा पहिरो खस्दा बालिकाकाे मृत्यु भएको छ भने उनका बाबुअामा घाइते भएका छन्। पहिरोले स्थानीय  हरिमल भुलको घर बगाउँदा उनकी छोरी ४ वर्षीया मनिषाको मृत्यु भएको हो। हरिमल र उनकी श्रीमती जमुना गम्भीर घाइते भएका छन्।  साँझदेखिको वर्षाका कारण राति करि...