राजधानीमा स्वदेशीदेखि विदेशी ब्राण्डका महंगा रक्सीको नक्कली धन्दा

काठमाडौं उपत्यकामा नाम र बजारमा चलेका स्वदेशी तथा विदेशी ब्राण्डका महंगा रक्सी उत्पादन गरी बजारमा पठाउने गिरोह सक्रिय रहेको पाइएको छ । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले ललितपुरमा नक्कली मदिरा उत्पादन र कालोबजारीमा संलग्न गिरोह नै फेला पारेको हो । अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार लामो …