लकिरको फकिर भएर लोकतन्त्रको रक्षा हुँदैन, हंँसिया हथौडामा भोट हाल्न गाह्रो माने देश दुर्घटनामा जान्छ : प्रचण्ड

वैशाख २२, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनका कांँग्रेस कार्यकर्ताले अहिले हँसिया हथौडामा भोट हाल्न गाह्रो माने देश दुर्घटनामा जाने बताएका छन् । बिहीवार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले रेणु दाहाललाई जिताउन हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जाने बताएका हुन् । उनले संघीयता विरोधीलाई परास्त गर्न गठबन्धन आबश्यक रहेको भन्दै प्रचण्डले भने 'रुखवालाले हँसिया हथौडामा भोट हाल्न निकै गाह्रो देखें, अहिलेको परिवेषमा हसिंया हथौडामा भोट हाल्न गाह्रो मान्नु भयो भने देश दुर्घटनामा जान्छ ।'  आफू एकातिर गतिशिलि र अर्कोतिर आफू अस्थिर देखिएपनि सबैलाई सकारात्मक पक्षले हेर्न आग्रह गरे।  ‘यो गठबन्धन राष्ट्रको, जनताको आवश्यकता हो र लोकतन्त्र र विकास समृद्धिको आवश्यकता हो ।’ उनले भने  । गठबन्धनलाई जिताएको खण्डमा यो गठबन्धन १०, १५ वर्षसम्म जाने उनले बताए । केपी ओलीको निरंकुश प्रवृत्तिलाई परास्त गर्न गठबन्धन गर्न आवश्यक रहेको उनको भनाइ छ । उनले कांँग्रेसका असन्तुष्ट पक्षलाई ईंगित गर्दै गठबन्धनमा साथ दिन गरे। ‘लकिरको फकिर भएर लोकतन्त्रको रक्षा हुंँदैन उनले भने, सहकार्य सहमति, मेलमिलाप अहिलेपनि आवश्यक छ ।’   केपी ओली कुहिएको फर्सी हुन् : माधव नेपाल  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई कुहिएको फर्सीको संज्ञा दिएका छन्। भरतपुरमा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले भने, हिजो आफूले नै फलाएको फर्सी आज कुहिएको र त्यो कुहिएको फर्सी खान नहुने बताए  । केपी ओलीको गफमा नभुल्न पनि उनले चितवनवासीलाई आग्रह गरे। ‘केपी ओलीले गफमा विद्यावारिधी गरेका छन्। त्यसैले गफमा जति पनि भुलाउन सक्छन्। त्यसैले ओलीको भ्रममा कोही पनि नपर्नुहोला। समयमा भुल्नुभयो भने फुर्सदमा पछुताउनुपर्छ,’ उनले भने। दलहरूबीचको एकताबाटै राजसंस्था फाल्न सफल भएको भन्दै उनले थपे, ‘संविधान र गणतन्त्र जोगाउन पनि पाँच दलीय गठबन्धन र एकता आवश्यक परेको हो।’ दुई पटकसम्म संसद विघटन गर्दा प्रतिपक्षी भएर नउभिएको भए देश समाप्त भइसक्ने उनले दाबी गरे । ‘केपी ओलीको प्रतिगमनकारी कदममा हामी विरोधी नभएको भए गणतन्त्र समाप्त हुने थियो। संविधान र लोकतन्त्र कागजमा सीमित हुने थियो,’ उनले भने, ‘देश भ्रष्टाचारमा चुर्लुम्म डुब्ने थियो ’

सम्बन्धित सामग्री

चितवनमा भोट खसालेर प्रचण्ड पुगे गोरखा, मतदान केन्द्रको अवलोकन (फोटोफिचर)

काठमाडौं, ४ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मतदान गरेर गोरखा पुगेका छन् । आफू चुनाव लडेको गोरखा २ का विभिन्न मतदान केन्द्रमा अवलोकन गर्न विहानै गोरखा पुगेका हुन् । गोरखा पुग्नुअघि दाहालले चितवनमा मतदान गरेका थिए । दाहालको सचिवालयले उनी गोरखा जिल्ला निर्वाचन क्षेत्र नं २ कुन्दुरटार मतदान केन्द्रको अवलोकनमा […]

यी हेभी वेट उम्मेदवार जसले आफैँलाई भोट हाल्न पाउने छैनन्

काठमाडौँ– आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा केही उम्मेदवारले आफैलाई मत दिन नपाउने भएका छन्। भोट दिन नपाउनेमा तीन वटा राजनीतिक दलका अध्यक्ष, विभिन्न दलका शीर्ष नेतादेखि अन्य उम्मेदवार छन्। प्रतिनिधिसभा सदस्यका उमेदवार एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्र बहादुर केसीले आफैलाई भोट दिन […]

बदलिंदै चुनावी गीतका शैली : र्‍यापलाई भोट माग्ने माध्यम बनाउँदै दल

‘भोट फर प्रचण्ड भोट फर माओवादी मनमनमा माओवादी मनमनमा प्रचण्ड’ कात्तिक १६ गते सार्वजनिक यो र्‍याप गीतले तन्नेरीमाझ चर्चा बटुल्यो । नेकपा माओवादी केन्द्रले आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरेको गीतमा माओवादी सत्तारुढ हुँदा उसले गरेका उपलब्धिको चर्चा छ । ‘नयाँ शैली, नयाँ प्रस्तुति : नेकपा माओवादी केन्द्रको र्‍याप गीत’ भन्दै पार्टीले यसलाई सामाजिक सञ्जालमा सेयर […]

‘भोट फर प्रचण्ड’ भन्दै माओवादी केन्द्रले ल्यायो र्‍याप गीत

काठमाडौं । युवापुस्तालाई लक्षित गर्दै नेकपा माओवादी केन्द्रले र्‍याप गीत ‘भोट फर प्रचण्ड’ रिलिज गरेको छ । सम्भवतः भोट माग्दै कुनै राजनीतिक दलले पहिलोपटक यसरी र्‍याप गीत ल्याएको हो । जगत तिरुवाको संगीत र स्वर रहेको गीतलाई केशव बडुले एरेन्ज गरेका छन् । हँसिया हथौडामा भोट दिएर प्रचण्डलाई किन जिताउनुपर्छ भन्ने आधारहरु गीतमा प्रस्तुत गरिएको […]

गठबन्धनमा आबद्ध दलले एक–अर्कालाई भोट नहाल्नु आत्मघात गरेजस्तै हाे : प्रचण्ड

कास्की – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा आबद्ध दलहरूले एक–अर्कालाई भोट नहाल्नु आत्मघात गरेजस्तै हुने जिकिर गर्नुभएकाे छ ।  आज शुक्रवार सत्तारूढ गठबन्धनले पोखरामा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले गठबन्धनका दलहरूले एकअर्कालाई भोट नहाल्नु आत्मघात गरेजस्तै हुने बताउनुभएको हो । उहाँले गठबन्धनको अर्को मित्रलाई जिताउन आँट नगरेमा आफूले पनि जित्न नसक्ने भन्दै उम्मेदवारलाई सचेत गराउनुभयो ।  उहाँले भन्नुभयो, ‘रुखलाई हँसिया हथौडामा भोट ...

गठबन्धनमा आवद्ध दलले एक-अर्कालाई भोट नहाल्नु आत्मघातः प्रचण्ड

शुक्रबार सत्तारुढ गठबन्धनले पोखरामा आयोजना गरेको प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गठबन्धनका दलहरुले एकअर्कालाई भोट नहाल्नु आत्मघात गरेजस्तै हुने बताएका हुन्।...

मानुषी यमीको लागि यसरी भोट माग्दैछन प्रचण्ड

काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले आउँदो चुनावलाई सामान्य रुपमा नलिन नेता, कार्यकर्तासमक्ष आग्रह गरेका छन्।उनले देशमा पश्चगमन र अग्रगमनको दुई वटा विचार र प्रवृत्ति देखा परेको बताएका छन्।यसैगरि उनले काठमाण्डौ क्षेत्र नम्बर ७ की गठबन्धनकी साझा उम्मेदवार मानुषी यमी भट्टराई लगायतका युवा नेतृत्त्व संसदमा पुगेको खण्डमा ऐन, कानून निर्माणमा सहयोग हुने विश्वास व्यक्त गरेका छन्।

काँग्रेसका केही नेता महाधिवेशनमा भोट पाउन मात्र गठबन्धन हुँदैन भन्छन् : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड'ले पाँच दलीय गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्मै कायम रहने हुने दाबी गरेका छन् । काँग्रेसका केही नेताले ‘महाधिवेशनमा भोट पाउन मात्रै गठबन्धन हुँदैनुभन्ने गरे पनि आन्तरिक रुपमा सबैले गठबन्धन चाहेको प्रचण्डले बुधबार धनगढीमा पत्रकारसँग बताए ।‘काँग्रेस महाधिवेशनमा भोट बढी आउला भनेर केही नेताले गठबन्धन हुँदैन भन्ने गरेका छन्,’ पार्टीको कार्यक्रममा सहभागी हुन बुधबार धनगढी पुगेका प्रचण्डले भने, ‘तर भित्री

भोट माग्न आउँदा धुलोमा हिँड्नु नपर्ने गरी काम भइरहेको छ: प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको निर्वाचनमा भोट माग्न आउँदा धुलोमा हिँड्नु नपर्ने गरी काम भइरहेको बताएका छन्।...