लैनचौर मैदान पुन:निर्माण सम्पन्न गरेको एनसेलको दाबी

एनसेल आजियाटा लिमिटेड (एनसेल) ले व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत काठमाडौंको लैनचौर मैदान पुन:निर्माण सम्पन्न गरेको जानकारी दिएको छ । विभिन्न सुविधासहित पुन:निर्माण तथा स्तरोन्नतिपश्चात् हालै काठमाडौं महानगरपालिका-२६ लाई एक समारोहबीच एनसेलले मैदान हस्तान्तरण गरेको हो । यो मैदान अब आम नागरिकका लागि खुला गरिएको एनसेलले जनाएको छ । मैदान वडा र स्थानीय समुदायको सहकार्यमा डिजाइन गरी पुन:निर्माण तथा स्तरोन्नति गरिएको एनसेलको दाबी छ। नवनिर्मित मैदान खुला गर