नेप्सेले तोक्यो हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयरको ओपनिङ रेन्ज

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयरको ओपनिङ रेन्ज तोकिएको छ । नेप्सेले साविकको हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स मर्जर पश्चात कायम हुन आएको संस्थापक सेयरको ओपनिङ रेन्ज तोकिएको हो ।नेप्सेले कम्पनीको संस्थापक सेयरको पहिलो कारोबारको लागि प्रतिकित्ता न्युनतम २१० रुपैयाँ तोकिएको हो । सोही अनुसार कम्पनीको संस्थापक सेयर दोस्रो बजारमा कारोबार हुनेछ ।