सरकारबाट नहट्ने अडान लिएका मन्त्रीहरू यसरी भए ‘ब्याक’

एकिकृत समाजवादीले तीन साता अघि नै चार मन्त्रीलाई फिर्ता हुन आग्रह गरेको थियो ।  २२ जेठमा पार्टी केन्द्रीय सचिवालयले गरेको मन्त्री हेरफेरको निर्णयप्रति असहमति राखेर अन्तरपार्टी संघर्ष गर्दै आएपनि पार्टीबाट...

सम्बन्धित सामग्री

सुनकाण्डमा प्रधानमन्त्री र मन्त्रीहरू दोषी छैनन् : वामदेव

काठमाडौं : नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले सुनकाण्डमा प्रधानमन्त्री र मन्त्रीहरू दोषी नहुने बताएका छन्। शनिबार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै संयोजक गौतमले भन्सारमा कर्मचारीहरू खटिने भएकाले प्रधानमन्त्री र मन्त्रीहरूको नाम नजोडिने बताए। ‘जाँच पड्ताल गर्दै जाँदा लहरो तान्दा पहरो गर्जने हाम्रा उखानहरू छन्। त्यस्तो भयो भने मात्र प्रधानमन्त्री मन्त्रीहरू तानिनसक्छन्। नत्र त्यहाँ खटिएका कर्मचारीहरू नै मुख्य रूपमा दोषी हुन्छन्। सुन आवोस् कि अरू आवोस्

प्रेम सुवालको दाबी : मन्त्रीहरू नै भारतसँग मल किनेर कमिसन खान्छन्

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले सरकारका मन्त्रीहरू नै भारत सरकारसँग मल किन्ने र कमिसन खाने गरेको आरोप लगाएका छन् । उनले स्वदेशमै रोजगारी दिन सक्ने कानुन निर्माण गर्न आफूले संसद्मा आवाज उठाउने बताए ।  शनिबार भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ का मतदाताहरूलाई धन्यवाद दिन निकालिएको विजयी जुलुसपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘संसद् भनेको कानुन बनाउने ठाउँ हो, यदि एउटा कानुन राम्रो बनाउन सक्यौँ भने देशभरका मजदुर किसान, काम गरी खाने जनतालाई फाइदा हुन्

संघीय सरकारविरुद्ध मधेस प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू नै धर्नामा

जनकपुरधाम- प्रहरी समायोजनको माग गर्दै मधेस प्रदेश सरकारले संघीय सरकारविरुद्ध धर्नामा बसेको छ । मधेस प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतसहित प्रदेशका मन्त्रीहरू प्रदेश प्रमुख कार्यालयको प्राङगमा आइतबार साढे ११ बजेदेखि धर्नामा बसेका हुन् । पूर्वघोषित कार्यक्रमअनुसार आइतबारदेखि एक सप्ताहसम्म दैनिक दुई घण्टा ११ देखि दिउँसो १ बजेसम्म  प्रदेशका सरकारका मन्त्रीहरू, प्रदेश सांसद तथा नागरिक समाजका […]

पुराना योजना मात्र समावेश भएपछि कर्णालीका मन्त्रीहरू मुख्यमन्त्रीसँग रुष्ट

सुर्खेत, ८ असार : कर्णाली प्रदेश सरकारले १ असारमा आर्थिक वर्ष ०७९/८० को बजेट ल्यायो । बजेटमा अधिकांश पुराना आयोजना मात्र समेट्न दबाब दिएपछि कर्णाली प्रदेश सरकारका मन्त्रीहरू मुख्यमन्त्रीसँग रुष्ट भएका छन् । मुख्यमन्त्रीले आफूले चाहेका योजनाहरू नयाँ सबै राखेको तर अन्य विषयगत मन्त्रालयका मन्त्रीहरूलाई पुराना मात्र योजना समावेश गर्न दबाब दिएपछि मुख्यमन्त्रीसँग अन्य मन्त्रीहरू […]

पार्टीले फिर्ता बोलाएकोबारे मन्त्रीहरू बेखबर, भन्छन् सञ्चारमाध्यमबाट थाहा पाएँ !

काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले पार्टीको तर्फबाट सरकारमा सहभागीलाई फिर्ता बोलाउन गरेको निर्णयबारे मन्त्रीहरू नै बेखबर रहेको पाइएको छ । पार्टीको सचिवसमेत रहेकी सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफूहरूसँग सल्लाह नै नगरी पार्टीले उक्त निर्णय गरेको बताइन् । ‘आधिकारिक जानकारी थिएन, सञ्चारमाध्यमबाट पार्टीको निर्णयबारे सुनेको हुँ’, उनले भनिन् । पार्टीका केन्द्रीय सदस्यसमेत रहेका श्रम, […]

नेकपा एकीकृत समाजवादीले मन्त्रीहरू परिवर्तन गर्ने

काठमाण्डाै – नेकपा एकीकृत समाजवादीले मन्त्रीहरू परिवर्तन गर्ने भएको छ । आज आइतवार बसेको सचिवालयको बैठकले अहिले सरकारमा रहेका मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको हो ।  पार्टीले यसअघि नै पार्टीको तर्फबाट मन्त्री भएकाहरूलाई ६ महिनापछि फिर्ता गर्ने निर्णय गरिसकेको र ६ महिनाभन्दा लामो समय उनीहरू मन्त्री भइसकेकाले फिर्ता बोलाउन लागिएको उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिनुभयो । मन्त्री फिर्ता बोलाउने र नयाँ मन्त्रीको नाम तोक्ने जिम्मेवारी पार्टीका शीर्ष नेतालाई दिइएको पनि तुलाधरले बताउनुभयो ।&nb...

सातै प्रदेशका भौतिक पूर्वाधार मन्त्रीहरू पोखरामा

पर्वत : गण्डकी प्रदेशको राजधानी पोखरामा सातवटै प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रीहरू भेला हुँदैछन्।गण्डकीको भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले आयोजना गरेको यातायातसम्बन्धी प्रदेश र संघ सरकारबीच रहेको समस्या समाधान गर्ने उद्देश्यसहित विशेष भेलामा उनीहरू जम्मा हुन लागेका हुन्। गण्डकीका भौतिक पूर्वाधारमन्त्री कुमार खड्काका अनुसार भेलाले यातायातका सम्बन्धमा प्रदेश र संघ सरकारबीच देखा परेका समस्याको समाधान गर्न प्रदेश सरकारहरूले साझा धारणा तयार

सुडानमा प्रधानमन्त्रीसहित मन्त्रीहरू गिरफ्तार, सैनिक ‘कू’ को आशंका

एजेन्सी । अफ्रिकी मुलुक सुडानमा प्रधानमन्त्रीसहित मन्त्रीहरू गिरफ्तारमा परेका छन्। संक्रमणकालीन सरकारका प्रमुख सहित थुप्रैमन्त्रीहरु गिरफ्तारमा पर्नुले त्यहाँ सैनिक ‘कू’ भएको हुन सक्ने आशंका गरिएकाे छ । बिबिसीका अनुसार सोमबार बिहान उज्यालो नहुँदै केही मानिसहरूले प्रधानमन्त्री अब्दुल्लाह हामदोकसहित कम्तीमा चार जना मन्त्रीलाई नियन्त्रणमा लिएका छन्। उनीहरूलाई केही सैनिकले गिरफ्तार गरेको बताइएको छ। सेनाले भने अहिलेसम्म […]

मन्त्रिपरिषद् बैठकमा गएनन् सात मन्त्रीहरू

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठकलगत्तै बसेको मन्त्रिपरिषद् बैठकमा सात मन्त्रीहरू अनुपस्थित भएका छन्। सर्वोच्चको फैसलापछि आज बसेको पहिलो मन्त्रिपरिषद् बैठकमा सात मन्त्रीहरू सहभागी भएनन्। मन्त्रिपरिषद् बैठकले सर्वोच्चको फैसला कार्यान्वयन गरेको छ। बाँकी मन्त्रीहरू मात्र बैठकमा सहभागी छन्। संविधानको धारा ७८ अनुसार गैरसांसद एकपटकमा ६ महिनासम्म मात्र मन्त्री हुन पाउने व्यवस्था छ।