काठमाडाैं : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज सम्पन्न खेलमा मच्छिन्द्र फुटबल क्लब विजयी भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले बिग्रेड ब्वाईज क्लबलाई ४–० गोलअन्तरले पराजित गरेको हो। मच्छिन्द्रका लागि विमल घर्ती मगरले दुई तथा रेजिन सुब्बा र अभिषेक रिजालले एक एक गोल गरे। ब्रिगेड ब्वाईजले मच्छिन्द्रलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा भने सकेन्। खेलको ५६औँ मिनेटमा मच्छिन्द्रका खेलाडी विमलले गोल गरे। उनले रेजिन स