बागमती प्रदेशसभा बैठकमा विपक्षी दलहरूले अवरोध गरेका छन् । शनिबार प्रदेश सरकारको विनियोजन विधेयकमाथि छलफलका लागि बसेको दोस्रो बैठकमा विपक्षी दलहरूले संविधान र लोकतन्त्र माथि नै प्रहार हुने गरी बजेट कार्यक्रम विवरणको २ प्रकारका पुस्तक प्रकाशन गरेको भन्दै बैठक अवरुद्ध पारेका हुन् । बागमती प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, प्रतिपक्ष दल नेपाली काँग्रेस, विवेकशील साझा पार्टी र नेपाल मजदुर किसान पार्टीको अवरोध छ । उनीहरूले राप्रपा संयुक्तकी सांसद रिना गुरुङले सम्बोधन