भोजपुरी फिल्मका स्टारको गाडीमा आगजनी, खेसारीलाल भन्छन्, 'आयोजकले धोका दियो'

भारतका भोजपुरी फिल्मका सुपरस्टार खेसारीलाल यादवले नेपालका कार्यक्रम आयोजकले आफूलाई धोका दिएको बताएका छन् । माघ ४ गते हुने सुनसरीको बर्जु महोत्सवका लागि खेसारीलाललाई नेपाल बोलाइएको थियो । तर नेपालमा स्थानीय प्रशासनले कार्यक्रममा रोक लगाइएको कुरा खेसारीलाललाई जानकारी दिइएको थिएन । जब महोत्सवमा जानका लागि प्रशासनले खेसारीलाललाई रोके अनि मात्र उनले कोरोनाका कारण कार्यक्रम स्थगित गरिएको जानकारी पाए ।खेसारीलालले मंगलबार सञ्चारकर्मीसँग भने, 'म पटनाबाट नेपालको विराटनगरसम्म आउँदासम्म कोरोनाका का