किरा नियन्त्रणपछि सिन्धुलीमा जुनार उत्पादन बढ्यो

सिन्धुली । जुद्ध बहादुर राई सिद्धकाली जुनार फर्मका सञ्चालक हुन । उनको जुनार फर्ममा पाँच सय बढी जुनारका बोट छन । लटरम्म पहेंलै पाकेका जुनारका बोटले लच्केर भुईं छोएका छन । हेर्दै बसिरहुँ लाग्ने जुनार बगैंचामा पुग्दा राई खुशीले रमाईरहेका थिए । कारण विगतका वर्षहरुमा भन्दा यो वर्ष जुनार उत्पादन बढेको थियो । विगत वर्षमा […] The post किरा नियन्त्रणपछि सिन्धुलीमा जुनार उत्पादन बढ्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

सिन्धुलीमा उत्पादन भएको ६० प्रतिशत जुनार बिक्री

जुनारको मुख्य उत्पादन हुने सिन्धुलीको गोलञ्जोर गाँउपालिकास्थित तिनकन्या बाहेक अन्य क्षेत्रका बगैचा रित्तिन थालिसकेको जुनार किसान बताउँछन्।...

सिन्धुलीमा उत्पादन भएको ६० प्रतिशत जुनार बिक्री

जुनारको मुख्य उत्पादन हुने सिन्धुलीको गोलञ्जोर गाँउपालिकास्थित तिनकन्या बाहेक अन्य क्षेत्रका बगैचा रित्तिन थालिसकेको जुनार किसान बताउँछन्।...

पहेंलपुर जुनार बगैंचा

रामेछापका रामपुर, सुकाजोर, ओख्रेनी, फुलासी, सालु, भलुवाजोर, हिमगंगालगायत क्षेत्रमा जुनारको व्यावसायिक उत्पादन हुने गरेको छ । छिटफुट रूपमा त जिल्लाभर नै उत्पादन हुने गर्छ । अहिले जुनार पाक्ने समय हो । जसका कारण जिल्लाभरका जुनार बगैंचा पहेंलपुर देखिन थालेका छन् ।

रोग र किरा नियन्त्रणमा आएपछि सिन्धुलीमा जुनार उत्पादन बढ्दै

सिन्धुली । सिन्धुलीमा जुनारको फल कुहाउने मिनास्क किरा नियन्त्रण प्रभावकारी बन्दै जान थाले पछि किसानहरू जुनार खेती प्रति पुनः आकर्षित हुँदै जान थालेका छन् । केहीवर्ष यता फल कुहाउने रोगको संक्रमणले पीडित बनेका किसानहरु प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपरजोनबाट प्राविधिक रूपमा रोग नियन्त्रण गर्ने अभियान पछि यहाँ जुनारको उत्पादन बढ्दै गएको छ । रोग […]

सिन्धुलीमा यस वर्ष जुनारको राम्रो उत्पादन

सिन्धुली, कात्तिक २६ । सिन्धुलीमा यस वर्ष जुनारको उत्पादन बढ्ने भएको छ । गत जेठमा परेको असिनाका कारण जुनार उत्पादनमा कमी आउने आशंका गरिएको भए पनि अहिले जुनारका बोट लटरम्म भएका छन् । जुनार उत्पादन नघट्ने पक्का भएपछि किसानहरु पनि खुशी देखिएका छन् । जेठको असिना पानीपछि मौसमले साथ दिएको जुनार खेतीमा संलग्न किसानको भनाइ […]

जुनार उत्पादन बढ्ने

गत जेठ महिनामा परेको असिना पानीले भर्खरका जुनारका चिचिला झार्दा चिन्तित बन्नुभएका गोलन्जोर गाउँपालिका–५, रतनचुराका जुनार किसान निर्मल रम्तेल अहिले खुसी हुनुहुन्छ । जेठ महिनामा दुई पटक असिना पानी परेर जुनारका भर्खरका चिचिला सखापै पारेर बोटबाट झार्दा आम्दानी शून्य नै बन्ने भयो भनेर उहाँलाई निकै पिर परेको थियो । “असिना पानीबाट बचेका चिचिला अहिले ठूला भएका छन् ।

खाली हुँदै जुनार बगैँचा

गोलञ्जोर  गाउँपालिका–४, तीनकन्याका जुनार किसान लोकबहादुर आलेमगरको बगैँचामा यतिखेर जुनार सकिँदै गएको छ । उहाँले गत वर्ष फागुनसम्म जुनार बिक्री गरी आम्दानी लिनुभएको थियो । यतिखेर उहाँको बगैँचामा अब १० प्रतिशत मात्रै जुनार बिक्री गर्न बाँकी छ ।यो वर्ष असिना, रोग र कीराका कारण जुनार कम उत्पादन हुनुका साथै माग बढी भएकाले सिजन सकिनुअगावै जुनार बगैँचा रित्तिँदै गएको किसान आलेमगर बताउनुहुन्छ । उहाँले भन्नुभयो, बगैँचाबाटै ९० प्रतिशत जुनार बिक्री गरी सात लाख रुपियाँजति आम्दानी लिइसकेँ । बाँकी जुनार बिक्री गर्दा एक लाख रुपियाँजति आम्दानी होला ।

डडेल्धुरामा चैतमा पनि जुनार

देशका अन्य जिल्लामा जुनार सकिनै लाग्दा पनि डडेल्धुरामा भने चैतको अन्तिम सातासम्म पनि सहजै पाइने गरेको छ । जिल्ला सदरमुकामको बागवजार बसपार्क र स्याउले बजारमा आजभोलि पनि सहजै रूपमा जुनार पाइने गरेको हो ।जिल्लाको भागेश्वर गाउँपालिका–५ चुल्ल र शिराड गाउँमा उत्पादन हुने जुनार स्याउले वजार र बसपार्क क्षेत्रमा बिक्री हुने गरेको छ । सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाको प्रवेश द्वारका रूपमा रहेको डडेल्धुराको स्याउले बजार जिल्लामा उत्पादन हुने जुनार बिक्री गर्ने प्रमुख केन्द्र हो । डडेल्धुरामा जुनार प्रतिकिलो ६० रुपैयाँमा बिक्री भइरहेको स्थानीय व्यापारी डम्मर भट्टले जानकारी दिए ।

जुनार उत्पादन घट्यो

दीपक भट्ट/उज्यालो । रामेछाप, पुस २ – रामेछापमा जुनार उत्पादनमा कमी आएको छ । केही वर्षअघिदेखि जुनार बगैँचामा किरा लाग्न थालेसँगै किसानहरु समेत न...