पश्चिम नेपालको पर्यटन प्रवर्द्धनका लागि सेल्स मार्ट शुरू

काठमाडौं । पश्चिम नेपालका पर्यटकीय गन्तव्यको प्रचारप्रसार र प्रवर्द्धनका लागि नेपालगञ्जमा तीनदिने ‘वेस्टर्न ट्राभल मार्ट फेम ट्रिप वी सेल्स मिसन’ शुरू भएको छ । नेपाल र भारतका टुर एण्ड ट्राभल्स कम्पनी तथा अन्य सरोकारवालाको सहभागितामा आइतवारदेखि उक्त मिसन शुरू भएको छ । पश्चिमका पर्यटकीय गन्तव्यको राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा प्रचार–प्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम शुरू भएको हो । कार्यक्रम माघ १७ गतेसम्म हुनेछ । नेपाल पर्यटन बोर्ड र नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा), बाँके च्याप्टरको संयुक्त आयोजनामा कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रमको उद्घाटन गर्दै सभासद् डा. धवलशमशेर जबराले नेपाल भारतका लागि नजिकको उत्कृष्ट पर्यटकीय गन्तव्य भएको भन्दै यसको लाभ लिन भारतीयहरूलाई आग्रह गरे । नेपालगञ्जबाट दिल्ली, देहरादुन लगायत भारतीय शहरमा सीधा उडानका लागि पहल भइरहेको उनले बताए । नेपाल पर्यटन बोर्डका प्रबन्धक श्रद्धा श्रेष्ठले भारत नेपालको महत्त्वपूर्ण पर्यटकीय स्रोत बजार रहेकाले पर्यटन बोर्डले भारतलाई विशेष महत्त्व दिएको बताइन् । नाट्टाका अध्यक्ष रमेश थापाले नेपाल सबै सिजनका लागि उत्कृष्ट गन्तव्य रहेको बताए । भारतीय पर्यटकको स्वागतका लागि नेपाल सधैं तयार रहेको भन्दै उनले यो कार्यक्रमले पश्चिम नेपालको पर्यटकीय सम्भावना उजागर गर्ने बताए ।

सम्बन्धित सामग्री

नेपालको पर्यटन प्रवर्द्धन गर्न ‘नेपाल सेल्स मिसन २०२४’ बेइजिङमा

नेपालको पर्यटन प्रवर्द्धन गर्ने ध्येयले चीन दौडाहामा रहेका पर्यटन व्यवसायीहरूले सोमबार चीनको राजधानी बेइजिङमा प्रवर्द्धनात्मक कार्यक्रम गरेका छन् । नेपाली राजदूतावासमा आयोजित ‘नेपाल सेल्स मिसन २०२४’ एण्ड बिटूबी कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश सहित पाटा नेपाल च्याप्टर, ट्राभल एजेन्सी, होटलहरु र चिनियाँ उद्यमीहरूको सहभागिता थियो।

लक्ष्मी लम्साल