कुमारी इक्विटी फण्डको म्याद थपियो, २८ गतेसम्म आवेदन दिन सकिने

कुमारी क्यापिटलले बिक्री खुला गरेको सामूहिक लगानी कोष कुमारी इक्विटी फण्डमा आवेदन दिने म्याद थप भएको छ । क्यापिटलले १४ माघदेखि १८ फागुनसम्म आवेदन खुला गरेको थियो । तर, आज सार्वजनिक सूचना जारी गर्दै आवेदन दिने म्याद थप गरेर २८ फागुनसम्म पुर्‍याएको हो

सम्बन्धित सामग्री

कुमारी बैंकको संस्थापक शेयर विक्रीमा

काठमाडौं । कुमारी बैंकले १ हजार २०७ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले अम्बर बहादुर तारमी मगरको नाममा रहेको शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । आवेदन बैंकको केन्द्रीय कार्यालय टंगाल, काठमाडौं र शेयर रजिष्ट्रारको कार्यालय, नक्साल, काठमाडौंमा दिन सकिने छ ।

कुमारी बैंकमार्फत रेमिट आइपिओमा आवेदन दिन सकिने

काठमाडौं : कुमारी बैंक लिमिटेडले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि कुमारी रेमिट आइपिओ बचत खाता सञ्चालनमा ल्याएको छ। यस खातामार्फत वैदेशिक रोजगारमा रहेका आवेदनकर्ताहरुका लागि सुरक्षित गरिएको १०% प्राथमिक शेयर निश्कासनमा आवेदन दिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ।श्रम स्वीकृति, वैध भिसा र पासपोर्टका आधारमा रेमिट आइपिओ बचत खाता खोली प्राथमिक शेयरमा आवेदन दिन सकिनेछ। बैंकले शाखा अथवा अनलाइन माध्यमबाटसमेत सो खाता खोल्न सकिने व्यवस्था मिलाएको छ।वैदेशिक रोजगारमा रहेका नेपालीले प्राथमिक शेयरमा लगान

कुमारी बैंकबाट रेमिट आईपीओमा आवेदन दिन सकिने

काठमाडौँ। कुमारी बैंकले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि कुमारी रेमिट आईपीओ बचत खाता सञ्चालनमा ल्याएको छ। यस खाता मार्फत वैदेशिक रोजगारमा रहेका आवेदनकर्ताहरुका लागि सुरक्षित गरिएको १० प्रतिशत प्राथमिक सेयर निष्कासनमा आवेदन दिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ।

कुमारी बैंकमार्फत रेमिट आईपीओमा आवेदन दिन सकिने

कुमारी बैंक लिमिटेडले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि कुमारी रेमिट आईपीओ बचत खाता सञ्चालनमा ल्याएको छ । यस खातामार्फत वैदेशिक रोजगारमा रहेका आवेदनकर्ताहरूका लागि सुरक्षित गरिएको १०% प्राथमिक शेयर निष्कासनमा आवेदन दिने व्यवस्था मिलाइएको छ । श्रम स्वीकृति, वैध भिसा र पासपोर्टका आधारमा रेमिट आईपीओ बचत खाता खोली प्राथमिक शेयरमा आवेदन दिन सकिने छ। बैंकले शाखा अथवा अनलाइन माध्यम बाट समेत सो खाता खोल्न सकिने व्यवस्था मिलाएको छ ।वैदेशिक रोजगारमा रहेका नेपालीले प्राथमिक शेयरमा लगानी गर्ने अवसरल

कुमारी बैंकबाट रेमिट आईपीओमा आवेदन दिन सकिने

काठमाडौं । कुमारी बैंकले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि कुमारी रेमिट आईपीओ बचत खाता सञ्चालनमा ल्याएको छ । यस खाता मार्फत वैदेशिक रोजगारमा रहेका आवेदनकर्ताहरुका लागि सुरक्षित गरिएको १० प्रतिशत प्राथमिक सेयर निष्कासनमा आवेदन दिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ । श्रम स्वीकृति, वैध भिसा र पासपोर्टका आधारमा रेमिट आईपीओ बचत खाता खोली प्राथमिक सेयरमा […]

सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थपियो

सिद्धार्थ बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ । बैंकले असार १० गतेदेखि ऋणपत्र बिक्रि खुला गरेकोमा छिटोमा असार १४ गतेसम्म आवेदन दिन सकिने जनाएको थियो । असार १४ गतेसम्म पर्याप्त आवेदन नपरेपछि बैंकले ऋणपत्रमा आवेदन दिने म्याद थप भएको हो ।  अब लगानीकर्ताले  असार २४ गतेसम्म आवेदन दिन सक्ने छन्। यद्यपि असार २४ गते अगावै नै पर्याप्त आवेदन आएमा सार्वजनिक सूचना जारी गरेर असार २४ गते अगाडी नै ऋणपत्रको बिक्रि बन्द गरिने बैंकले जनाएको छ ।  सिद्धार्थले  १,००० अंकित दरको ४० लाख कित्ताले हुन आउने ४ अर्ब बराबरको ऋणपत्र निष्काशन गरेको हो । जस मध्ये २४ लाख कित्ता अर्थात् २ अर्ब ४० करोड बराबरको ऋणपत्र निजि अर्थात् व्यक्तिगत तबरले बिक्रि गरिने र बाँकि १६ लाख कित्ता अर्थात् १ अर्ब ६० करोड बराबरको ऋणपत्र सर्बसाधारणलाई बिक्रि गरिने बैंकले जानाएको छ ।  ऋणपत्र निष्काशनको लागि कुमारी क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  आवेदन दिंदा न्यनतम २५ कित्ता र अधिकतम १ लाख कित्ता सम्मको लागि आवेदन दिन सकिने छ  । १० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १०.७५  प्रतिशत ब्याज प्रदान गर्ने छ ।

लुम्बिनी जनरल इन्स्योरेन्सको लिलामी शेयरमा शुक्रवारदेखि आवेदन दिन सकिने

जेठ १२, काठमाडौं । कुमारी बैंकको स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक शेयर जेठ १३ गते शुक्रवारदेखि लिलामीमा विक्री खुला हुने भएको छ । कम्पनीको १ लाख २२ हजार २८७ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला हुन लागेको हो । उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले जेठ २७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । उक्त शेयरको न्यूनतम मूल्य रू. २०० तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ । यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।कम्पनीको शेयर विक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

कुमारी धनवृद्धि योजनाको इकाई आजदेखि विक्रीमा

जेठ १२, काठमाडौं । कुमारी क्यापिटल लिमिटेडको अर्को म्युचुअल फण्ड कुमारी धनवृद्धि योजनाको इकाई आजदेखि विक्रीमा आएको छ ।  क्यापिटलले प्रतिइकाई रू. १० अंकित दरका रू. एक अर्ब २० करोड बराबरको १२ करोड इकाई विक्रीमा ल्याएको हो । कुल इकाईमध्ये कुल विक्री भएको इकाई संख्याको १५ प्रतिशत अर्थात एक करोड ८० लाख इकाई कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणमा विक्री गर्न लागिएको हो । उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन सकिने व्यवस्था छ ।  कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने यस फण्डको इकाईमा बिहीवार कार्यालय अवधिपश्चात् छिटोमा जेठ १७ गतेसम्म आवेदन दिन सकिने छ भने सो समयसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा जेठ २६ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ ।  बन्दमुखी प्रकृतिको १० वर्ष अवधिको यस फण्डको इकाई खरीदका लागि आस्बा सेवामा सहभागी सम्पुर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ ।  साथै, मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सकिनेछ । क्यापिटललेनै इकाई विक्री प्रबन्धकको जिम्मेवारी पूरा गर्नेछ ।

कुमारी क्यापिटलमा निशुल्क डिम्याट खोल्न सकिने, यस्ता छन् सुविधा

कुमारी क्यापिटलले नयाँ योजना सार्वजनिक गरेको छ । पूँजी बजार भन्दा बाहिर रहेका नयाँ लगानीकर्ताहरुलाई हितग्राहीखाताको पहुँच बृद्धि हुने बिश्वासका साथ क्यापिटलले निशुल्क डिम्याट योजना ल्याएको छ । डिम्याट खाता सम्बन्धि समस्याहरुबाट गुज्रिरहनु भएका खातावालाहरुलाई समेत यो योजनाले लाभान्वित हुने अपेक्षा क्यापिटलले गरेको छ । योजना अनुसार सरकारको “एक नेपाली एक डिम्याट खाता” अभियान अन्तर्गत निशुल्क हितग्राहीखाता खोल्न सकिने क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार वेबसाइट मार्फत अनलाइनबाट नै डिम्याट खाता खोल्न आवेदन दिन सकिने छ   । त्यस्तै क्यापिटलले निशुल्क लगानी परामर्श दिने, खाता खोल्ने ग्राहकवर्गलाई पोर्टफोलियो म्यानेजमेन्ट सेवामा बार्षिक शुल्कमा २५ प्रतिशत छुट प्रदान गरिने, आफु सँग भएको पोर्टफोलियो लाई निशुल्क estructuring र Rebalancing सेवा प्रदान गरिने, आफु सँग भएको भौतिक शेयरहरु लाई तुरुन्त डिम्याट खातामा ल्याउने व्यवस्था गरिने लगायतका सेवा प्रदान गरिने क्यापिटलले जनाएको छ । खाता सम्बन्धि समस्याहरु परेमा ग्राहकहरुले हट लाईनमा फोन गरि समस्याको यथासिघ्र निराकरण गर्न सकिने ब्यबस्था गरिएको क्यापिटलले उल्लेख गरेको छ ।कुमारी क्यापिटलमा डिम्याट खाता खोली आफुसँग भएको सानो सानो पूँजीलाई लगानी गरी पूँजी निर्माण गर्ने बानी बसाली भोलिको गर्जो टार्न सक्ने पथमा अग्रसर हुनको लागि क्यापिटलले अपिल समेत गरेको छ । आजको सानो लगानी भोलिको सुनौलो बिहानी बन्ने भन्दै क्यापिटलले ल्याएका योजनाको समयमा नै फाइदा उठाउन समेत क्यापिटलले अनुरोध गरेको छ । क्यापिटलका अनुसार यो योजना सिमित अवधिको लागि मात्र रहेको छ ।