देउवाको प्राथमिकता : मन्त्रिपरिषद् विस्तार कि एमसीसी अनुमोदन ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौं कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएको आज ५१ दिन भयो तर उनको मन्त्रिपरिषद् जम्मा ६ सदस्यीय मात्रै छ ।  ५ राजनीतिक दलको गठबन्धन बनाएर सिंहदरबार प्रवेश गरेका देउवा ४ जना मन्त्री र १ राज्यमन्त्रीको सहारामा शासन चलाइरहेका छन् ।  मन्त्रिपरिषद् विस्तार हुन नसक्दा सरकारका दैनिक कामहरू त प्रभावित भएका छन् नै ५ राजनीतिक दलको राजनीतिक साखमा पनि प्रश्न उठेको छ । प्रधानमन्त्री देउवा सत्ता सञ्चालनको बाटो पहिल्याउन नसकेर अल्मलिए जस्तो देखिएका छन् । मन्त्रिपरिषद् विस्तारका लागि ...

सम्बन्धित सामग्री

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको टोलीसँग भेटेलगत्तै गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको हो । बैठकमा सरकार र संसद सञ्चालन, मन्त्रिपरिषद् विस्तार तथा संसदबाट एमसीसी अनुमोदन गर्ने सम्बन्धमा सहमतिका लागि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।