भिसा सेवा पुनः सुरु

अध्यागमन विभागले यही आइतबारदेखि भिसा सेवा नियमित गरेको छ । कोरोनाका कारण स्थगित गरिएको सेवा आइतबारदेखि सुरु गरिएको विभागले जनाएको छ ।मन्त्रीपरिषद्को साउन २६ गतेको निर्णयले भिसा सेवा स्थगित गर्ने निर्णय गरेको थियो। त्यसअघि लकडाउन अवधिभर पनि भिसा सेवा बन्द थियो ।विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘निषेध आदेश र लकडाउनको अवधिमा भिसा समाप्त भएकाहरुको […]

सम्बन्धित सामग्री

सुचारु हुँदै भिसा र वैदेशिक रोजगार सेवा

अध्यागमन विभागले शुक्रबारदेखि भिसा सेवा सुरु गर्ने भएको छ । निषेधाज्ञाका कारण गत जेठ ५ देखि बन्द रहेको भिसा सेवा सरकारले तोकेका मापदण्डको पालना गर्दै असार १८ गतेदेखि सुरु हुने विभागले जनाएको हो । गत वैशाख १५ सम्म नेपालको वैध भिसा भएका विदेशीको हकमा असार २४ गतेभित्र नेपालबाट प्रस्थान हुने भएमा निःशुल्क भिसा नियमित गरिने जनाइएको छ । विभागको सूचनामा अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नै निःशुल्क भिसा नियमित गरिने उल्लेख छ । यस्तै नेपालमा रहन चाहने विदेशीले भिसा नियमित गर्न विभाग वा अन्तर्गतका कार्यालयमा आवेदन गरेमा विलम्ब शुल्क र जरिवाना नलिई भिसा नियमित गरिने पनि विभागको सूचनामा उल्लेख गरिएको छ ।

शुक्रबारबाट भिसा सेवा नियमित, एक सातासम्म पर्यटकलाई छुट

१७ असार, काठमाडौं । कोरोना भाइरसको महामारी फैलिएसँगै बन्द भएको भिसा सेवा शुक्रबारबाट सुचारु हुने भएको छ । अध्यागमन विभागले यसअघि अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरेको थियो । बन्द भएको सेवा शुक्रबारबाट सुरु गर्ने निर्णय भएको विभागले जनाएको छ । विभागका अनुसार शुक्रबारबाट आगामी एक सातासम्म नेपालमा रहेका पर्यटकले भिसा सम्बन्धी कामका लागि विभिन्न […]

भोलीदेखि सुरु हुँदै भिसा सेवा

काठमाडौं। अध्यागमन विभागले भोलिदेखि भिसा सेवा सुरु गर्नेे भएको छ। निषेधाज्ञाका कारण जेठ ५ गतेदेखि बन्द गरेको भिसा सेवा असार १८ देखि पुनःसुरु हुने भएको हो। गत बैशाख १५सम्म नेपालको वैध भिसा भएका विदेशीको हकमा असार २४भित्र नेपालबाट प्रस्थान हुने भएमा नियमित रुपमा निःशुल्क भिसा पाइने भएको हो। अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नै निःशुल्क भिसा नियमित रुपमा पाउन सकिनेछ।

कोरोनाले नेपालमा रोकिएकाको भिसा सेवा सुरू

काठमाडौं : अध्यगमन विभागले कोरोना भाइरस (कोभिड-१९) का कारण नेपालमा रोकिएका विदेशी नागरिकहरुको भिसा सेवा सुरु गरेको छ। कोरोना संक्रमण जोखिमका कारण अन्तर्राष्ट्रिय उडान बन्द रहेको अवस्थामा नेपालमा रोकिएका विदेशी नागरिकहरुको भिसा सेवा आइतबारबाट सुरु गरेको हो ।  विभागले सेवा सुरु गरेपछि पर्यटक भिसा, कामदार भ...