दाइजोमा २१ वटा नङ भएको कछुवा मागेपछि दुलाहा प्रहरी हिरासतमा

भारतको महाराष्ट्रमा रहेको औरंगाबादमा एक दुलाहा पक्राउ परेका छन् । उनी तथा उनको परिवारविरुद्ध प्रहरीसमक्ष जाहेरी परेको थियो ।  ती पुरुषले २१ वटा नङ भएको कछुवा र कालो लाब्राडोर कुकुर दाइजोमा मागेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।  ती पुरुष सेनामा जवान छन् र गत फेब्रुअरी महिनामा उनले एक महिलासँग टीकाटालो गरेका थिए ।  टीकाटालोमा दुलहीको परिवारले उनलाई दुई लाख भारु नगद तथा १० ग्राम सुन दिएको थियो ।  टीकाटालोपछि पनि दुलाहाको परिवारले दुलहीको परिवारसँग १० लाख भारु लिएको थियो । उ...