नवनियुक्त मन्त्री राईको पहिलो निर्णय : इम्बोस्ड नम्बर र स्मार्ट लाइसेन्सबारे अध्ययन गरिने

काठमाडौँ । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले इम्बोस्ड नम्बर प्लेट र स्मार्ट लाइसेन्स वितरणको औचित्य र त्यसको सुधारका लागि अध्ययन गर्न समिति बनाउने भएका छन् । उनले सडक र रेलमार्ग एवं यातायातका रुग्ण आयोजनाहरुको पनि अध्ययन गरेर कारबाही थालिने बताएका छन् । मन्त्रालयमा पदबहाली गर्न पुगेलगत्तै मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले राष्ट्रिय यातायात […]

सम्बन्धित सामग्री

इम्बोस्ड नम्बर प्लेट अब नेपालीमा पनि

काठमाडौँ- अब सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपिमा पनि लेख्न सकिने भएको छ। मन्त्रिपरिषद बैठकले सोमबार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची–२ मा हेरफेर गर्न स्वीकृति दिने निर्णय गरेको छ जसअनुसार अब इम्बोस्ड नम्बर प्लेट  देवनागरी लिपिमा पनि लेख्न सकिने भएको हो। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता सञ्चार […]

इम्बोस्ड नम्बर प्लेटको ‘एम्बुस’

काठमाडौं, जेठ २७ । काठमाडौंको मण्डिखाटारका क्षितिज गौतम सोमबार मोटरसाइकलमा इम्बोस्ड नम्बर प्लेट लगाउन गुर्जुधारास्थित यातायात कार्यालय पुगेका थिए। तर उनलाई प्रक्रिया बुझ्न मात्र आधा दिन लाग्यो। बाँकी समय फाइल खोज्दा र राजस्व तिर्न लाइनमा बस्दै बित्यो। मंगलबार फेरि उनी सोही कामका लागि यातायात कार्यालय पुगे। बल्लतल्ल इम्बोस्ड नम्बर प्लेट त पाए तर फेरि डाटा […]

यी हुन् इम्बोस्ड नम्बर प्लेटका विचौलिया

काठमाडौं, २५ जेठ । यी हुन् सिद्धार्थ पाण्डे । संभ्रान्त परिवारका पाण्डे डेल्टाकोर नामको नेपाली कम्पनीका मालिक हुन् । यो कम्पनी नै नेपालमा सवारी साधानमा इम्बोस्ड नम्बर प्लेट जडानको ठेक्का पाएको डेकाटुर टाइगर आईटीको आधिकारिक प्रतिनिधि हो । उनले अमेरिकी र बङ्गलादेशी कम्पनीको साझेदारीबाट बनेको सहायक कम्पनीको प्रतिनिधि बनेर नेपालमा इम्बोस्ड नम्बर प्लेट जडान ठेक्का […]

इम्बोस्ड नम्बर प्लेटविरुद्ध युवासंघको प्रदर्शन

२४जेठ, काठमाडौं । सरकारले सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही गर्ने चेतावनीपछि युवा संघ नेपालले प्रदर्शन गरेको छ । मंगलबार काठमाडौंको नयाँ बानेश्वरमा युवा संघका कार्यकर्ताहरुले सवारी साधनको इम्बोस्ड नम्बर प्लेटको अस्वाभाविक मूल्‍य र सरकारको अव्‍यवहारिक रवैयाविरुद्ध प्रदर्शन गरेको हो । उनीहरुले कालो ब्‍यानरमा ‘राष्ट्रघाती गोठालाहो, इम्बोस्ड नम्बर घोटाला हो’, लिपी मास्न […]

अनिवार्य इम्बोस्ड नम्बर राख्नुपर्ने सरकारको निर्णयप्रति गगन थापाकाे आपत्ति

इम्बोस्ड नम्बर प्लेटको विरोध   कांग्रेस सांसद गगन थापाले अनिवार्य इम्बोस्ड नम्बर राख्नुपर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकको सुरुमै सभामुखसँग विशेष समय लिएर बोल्दै उनले इम्बोस्ड नम्बर प्लेट राख्ने सरकारको निर्णयप्रति...

इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही

काठमाडौं, जेठ २२ । सवारीधनीले सवारीसाधनमा अत्याधुनिक खालको इम्बोस्ड नम्बर प्लेट जडानमा आलटाल गरेसँगै यातायात व्यवस्था विभागले कडिकडाउ गर्ने भएको छ। विभागले सार्वजनिक सूचना जारी गरी साउन १ भित्र वाग्मती र गण्डकी प्रदेशभित्रका सवारीधनीले इम्बोस्ड नम्बर प्लेट जडान नगरे कानुनबमोजिम कारबाही हुने भनेको छ। विभागले प्रचलित ऐन तथा नियमको व्यवस्थाबमोजिम सवारीसाधनमा अविलम्ब इम्बोस्ड नम्बर प्लेट […]

अब देशभर इम्बोस्ड नम्बर प्लेट

सरकारले देशभरका सबै सवारीमा डिजिटल प्रविधियुक्त इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारी गरेको छ । यातायात व्यवस्था विभागले देशभरका सबै सवारीमा इम्बोस्ड नम्बर अनिवार्य गर्ने तयारी गरेको हो । सरकारले सुरु चरणमा सरकारी सवारीसाधनमा त्यस्तो नम्बर प्लेट राख्ने कार्य गरिरहेको छ । अब भने सबै किसिमको सवारीमा राखिने खबर राजधानी दैनिकमा छापिएको छ ।

निजी सवारीसाधनमा इम्बोस्ड नम्बर लिने बढ्दै

टेकुस्थित सवारीसाधन जाँच केन्द्र (भेहिकल फिटनेस सेन्टर) मा चारपांग्रे निजी सवारीसाधनको इम्बोस्ड नम्बर प्लेट लिने सवारीसाधनको संख्या बढ्न थालेको छ ।  निषेधाज्ञा खुकुलो भएसँगै यसै हप्ता दैनिक ४० देखि ५० वटा सवारीसाधनका लागि इम्बोस्ड नम्बर प्लेट लिन आइरहेको केन्द्रले जनाएको छ । हालसम्म इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सवारीसाधनको संख्या ६ हजार पुगेको केन्द्रका प्रमुख मणिराम भुसालले बताए । उनका अनुसार नयाँ र पुरानो दुवै सवारीसाधनमा नम्बर प्लेट लिन सवारी धनी आइरहेका छन् । केन्द्रबाट वितरण भइरहे पनि त्यसको व्यवस्थापनको का...

साउनबाट अनिवार्य गरिँदै इम्बोस्ड नम्बर

सरकारले आगामी साउनदेखि सरकारी तथा निजी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारी गरेको छ । साउनदेखि दर्ता हुने नयाँ सवारीसाधन र नवीकरण हुने सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न लागिएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका महानिर्देशक नमराज घिमिरेले सवारीसाधनको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यसहित आगामी साउनदेखि नयाँ सवारीसाधन र नवीकरण हुने सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न लागिएको जानकारी दिए । नयाँ खरिद गरिने दुई पाङ्ग्रे, चार पाङ्ग्रेलगायत सबै प्रकारका सवारीसाधनमा इम्बोस्...

इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारी

नयाँ खरिद गरिने सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिने भएको छ । इम्बोस्ड नम्बर प्लेट लिने सवारी साधनको संख्या कम भएपछि सरकारले नयाँ सबै सवारी साधनमा यसलाई अनिवार्य गर्न लागिएको हो