स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न शनिबारे मेला

चितवन, २९ असार । उद्योग सङ्घले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने गरी शनिबारे मेला सञ्चालनको तयारी गरेको छ । स्थानीय कृषिजन्य, रैथाने, मौलिक र बजारीकरण गर्न आवश्यक उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेला गर्न लागिएको हो । चितवन प्रदर्शनी केन्द्र परिसरमा मेला गर्न लागिएको सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए । आगामी साउन ६ गतेदेखि प्रत्येक […]

सम्बन्धित सामग्री

शनिबारे मेलामा उपभोक्ताको आकर्षण : निगालाका टुसादेखि चिउरी र निउरोसम्म बिक्री

नारायणगढ । उद्योग संघ चितवनले शुरू गरेको शनिबारे मेलामा उपभोक्ताको आकर्षण बढेको छ । संघले सञ्चालन गरेको चितवन प्रदर्शनी केन्द्रमा हरेक शनिबार बिहान मेला हुँदै आएको हो । स्थानीय उद्यमीहरुले उत्पादन गरेका उपभोग्य वस्तुको प्रोत्साहन र प्रवद्र्धन गर्न मेला गरिएको हो । मेला प्रत्येक शनिबार बिहान ६ देखि ११ बजेसम्म सञ्चालन हुँदै आएको छ । पाँचौँ शनिबारसम्म आइपुग्दा मेलामा करिब १५ हजारभन्दा बढीले अवलोकन गरेको र रु ३० लाख बढीको कारोबार भएको संघका अध्यक्ष त्रिलोचन कँडेलले बताए । शुरूमा ३९ व्यापारिक कक्षबाट शुरू गरिएको मेलामा आजसम्म आइपुग्दा ६६ कक्ष पुगेको उनले जानकारी दिए । उद्यमीको उत्पादनअनुसार कक्ष सङ्ख्या थपघट हुने र मेलामा उपभोक्ताको आकर्षण बढ्दा सङ्ख्या पनि बढ्दै गएको उनले बताए । संघले मेलामा आउने सामानको गुणस्तरमा कमी नआओस् भन्नका लागि स्वास्थ्यको ग्यारेन्टी गरेको उनको भनाइ छ । उनले भने, “फर्मबाट उत्पादन भएको वस्तु भान्सासम्म जाँदा स्वस्थ्यको ग्यारेन्टी गरेका छौँ, जुन कुरा उत्पादकले खान्छ त्यही कुरा यहाँ आएको छ ।” पहाडी क्षेत्रमा उत्पादन हुने निगालाका टुसादेखि बेँसीको जङ्गलमा फल्ने चिउरी र निउरोसम्म यहाँ बिक्री भएको जनाउँदै उनले आर्थिक विपन्न किसानको आर्थिक अवस्था उकास्न मेलाले सहयोग पुगेको बताए । संघका उपाध्यक्ष मदन पोखरेलले संघले स्थानीय उत्पादनको बजारीकरणलाई दृष्टिगत गर्दै शनिबारे मेला राखेको बताए । उनले भने, “उपभोक्ताको स्वास्थ्य र उत्पादनको बजारीकरण दुवैलाई ध्यानमा राखेर मेला आयोजना गरेका हौँ ।” मेला प्रभावकारी बन्दै गएको जनाउँदै उनले थप विस्तार गर्दै लैजाने बताए । मेलामा महको व्यापारिक कक्ष राखेर बिक्री गर्दै आएका भरतपुरका खेमराज न्यौपानेले यस्ता मेला लाग्नु किसानका लागि ठूलो अवसर भएको बताए । उत्पादक किसानलाई यस्ता खालका मेलामा सहभागी हुन उनको आग्रह छ । स्वदेशमै उत्पादन भएका दैनिक उपभोग्य वस्तु निउरो, कुरिलो, टुसा, फर्सी जस्ता स्वास्थ्यवर्द्धक तरकारी तथा केरा, चिउरी, भुइँकटहर, ड्रागनफ्रुट लगायतका स्वदेशमै उत्पादित फलफूल, दूध एवं दुग्धजन्य पदार्थ, स्वदेशी कपडा, सेल, खीर, कुराउनी, स्थानीय जनजातिका परिकार, स्थानीय उद्योगबाट उत्पादित वस्तु मेलामा राख्ने गरिएको छ । धेरैजसो प्राङ्गारिक वस्तु पाइने भएकाले स्थानीयको आकर्षण बढेको हो । रासस

भरतपुरमा शनिबारे मेला सुरु

उद्योग सङ्घले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नेगरी आजदेखि शनिबारे मेला सञ्चालन गरेको छ। मेलाको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरिन।...