राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला राजनीतिक पार्टीहरुले देशलाई असफल राष्ट्रको बाटोमा धकेलिरहेको बताएका छन् । बिहीवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले देशका ठूला राजनीतिक पार्टी र ठूला नेताहरुले देशलाई असफल राष्ट्र बनाउन लागेको बताएका हुन् ।ठूला पार्टीहरू देशलाई असफल राष्ट्र बनाउने काममा एक अर्काको सहयोगी बनिरहेको उनले बताए । उनले राप्रपा देशलाई असफल राष्ट्र बन्न नदिन क्रियाशील रहेको पनि बताए । अध्य