काठमाडौं ।नेपालमा माध्यमिक तहपछि विद्यार्थीको विद्यालयमा उपस्थितिको दर न्युन देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले जनगणनाका नतिजा र जनगणना सञ्चालनसँग सम्बन्धित सार्वजनिक गरेको विषयगत प्रतिवेदनले साक्षरता दर बढेपनि माध्यमिक तह पछिको पढाइ छाड्ने बढी नै रहेको देखिएको हो । आज कार्यालयले ‘नेपालमा शिक्षा र समावेशिता’ तथा ‘नेपालमा बालबालिकाको अवस्था’ विषयक प्रतिदेनहरु सार्वजनिक गरेको हो । […]
तम्घास – आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले हातहतियार बुझाउन आग्रह गरेको छ । आज प्रशासनले एक सूचना जारी गर्दै जिल्लाभित्र रहेका इजाजतप्राप्त हातहतियार तथा खरखजानाहरू माघ १५ गतेभित्र बुझाउन आग्रह गरेको हो । उक्त हतियारहरू नजिकैकको प्रहरीचौकी वा जिल्ला प्रहरी कार्यालयमा बुझाउन सकिनेछ र निर्वाचन सम्पन्न भएपश्चात् हातहितयारहरू […]