एमालेले के सोचेको थियो, के भयो ?

व्यवसायी दुर्गा प्रसाईंले भक्तपुरमा खोलेको तरकारी बजार उद्घाटन गर्दै गत १६ चैतमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए, ‘एउटा तराजुमा एक–एक केजीको पाँचवटा ढक एकातिर राख्नुभयो, अर्कोतिर क्विन्टलको ढक राख्नुभयो भने के हुन्छ ? एमाले क्विन्टल हो । गठबन्धन भनेको एक–एक किलोका ढक हुन् । त्यो पाँचवटा दलको गठबन्धनले के गर्छ ?’