कर्णाली प्रदेशमा २५ घण्टाको अवधिमा तीन जनाले आत्महत्या गरेका छन् । तीनै जनाले पासो लगाएर आत्महत्या गरेका हुन् । प्रदेश प्रहरी कार्यालय कर्णालीका अनुसार डोल्पामा एक जना र सुर्खेतमा दुई जनाले आत्महत्या गरेका हुन् ।प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायव उपरीक्षक माधवप्रसाद श्रेष्ठका अनुसार मंगलबार बिहान ७ बजेतिर डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ की १४ वर्षकी अस्मिता शाहीले सलको पासो लगाई आत्महत्या गरिन् । उनले डोल्पाकै मुड्केचुला गाउँपालिका—४ मा रहेको आफ्नै मामा केव रोकायाको