उडान रद्द हुँदा अलपत्र यात्रुलाई नेपाल वायुसेवा निगमले आज दिल्ली लैजाने

काठमाडौँ- आइतबार काठमाडौँ–दिल्ली उडान रद्द भएका कारण नेपालमै रोकिएका यात्रुलाई नेपाल वायुसेवा निगमले आज दिल्ली लैजाने भएको छ । नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काका अनुसार आइतबारको उडान रद्द हुँदा रोकिएका आफ्ना यात्रुलाई निगमकै जहाजले आज अपरान्ह दिल्ली पु¥याउने भएको हो । उनका अनुसार दुई सय ४७ मध्ये बाँकी रहेका एक सय ५० यात्रुलाई निगमले […]

सम्बन्धित सामग्री

ओरालो लाग्दै नेपाल एयरलाइन्सको बजार

काठमाडौं। सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को बजार अंश पछिल्लो २ वर्ष लगातार घटेको देखिएको छ । सन् २०२० सम्मका ९ वर्षमध्ये ७ वर्ष बढेको नेपाल एयरलाइन्सको बजार अंश सन् २०२१ र २२ मा लगातार घटेको हो । सन् २०२० मा २५ प्रतिशत पुगेको नेपाल एयरलाइन्सको बजार अंश २०२१ मा २० प्रतिशत र २०२२ मा १६ दशमलव ५६ प्रतिशतमा ओर्लेको निगमले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमा उल्लेख छ । आन्तरिक र बाह्य दुवैतर्फ उडान सेवा दिँदै आएको निगमले आफूसँग भएका जहाजको सही व्यवस्थापन गर्न र उपयुक्त रणनीति बनाउन नसक्दा बजार अंश गुमाउँदै गएको हो । निगमभन्दा पछि सञ्चालनमा आएका निजीक्षेत्रका केही वायुसेवा प्रदायक कम्पनीको बजार अंश ५५ प्रतिशतभन्दा माथि पुगेको छ । बाँकी एयरलाइन्स कम्पनीहरूले पनि बजार अंश बढाउँदै आएका छन् ।   आन्तरिकतर्फ वर्षमा जम्मा १७ हजारलाई सेवा उडानमा ढिलाइ गर्ने, इन्जिन बनाउनै महीनौं लगाउने र पटकपटक प्राविधिक समस्या आउँदा निगमले दिने सेवाको गुणस्तर अरुको तुलनामा कमजोर छ । जहाज संख्या कम र दिइरहेको सेवा पनि गुणस्तरीय नहुँदा बजार अंश गुमाउन पुगेको प्रतिवेदनमै उल्लेख छ । कुनै समय आन्तरिकतर्फका ३९ गन्तव्यमा उडान गरेको नेपाल एयरलाइन्सले अहिले जम्मा १९ गन्तव्यमा जहाज उडाउँछ । अन्तरराष्ट्रिय उडानका गन्तव्यहरू पनि घटेर अहिले ९ मा झरेको छ । सन् २०२० मा कोभिड–१९ का कारण अन्य जहाज सञ्चालन नहुँदा निगमको बजार अंश बढेको थियो । दशकौंदेखि सेवा दिँदै आएको नेपाल एयरलाइन्सले आन्तरिक तथा बाह्य दुवैतर्फको उडानमा सही रणनीति बनाएर लागू गर्न र सेवाग्राहीको बढ्दो संख्यालाई तान्न नसक्दा बजार अंश गुमाउँदै आएको हो । निगमको संरचनागत सुधारदेखि बजार विस्तार र रणनीति सम्बन्धमा पटकपटक सुझावसहितका प्रतिवेदन तयार भए पनि बजार अंश र आम्दानी बढ्नुको साटो घटेको छ ।  बारम्बार उडान रद्द गर्ने निगमले मौसम, प्राविधिक, इन्जिनीयरिङलगायत कारणले उडानमा ढिलाइ हुँदै आएको उल्लेख गरेको छ । निगमसँग हाल दुईओटा ट्वीनअटर जहाज छन् । त्यसबाट उसले आन्तरिक गन्तव्यमा उडान गर्दै आएको छ । चारओटा एयरबस जहाजबाट ७ देशका ९ गन्तव्यमा उडान गर्दै आएको छ ।  निजीक्षेत्रका वायुसेवा प्रदायक कम्पनीले बजार विस्तार गरेपछि निगमले पनि गुमेको बजार अंश फर्काउन चिनियाँ जहाज अनुदान र ऋण सहयोगमा किनेको थियो । हाल ती जहाज ग्राउन्डेड भई विक्री पनि हुन नसकेको अवस्थामा छन् । निगमले सार्वजनिक गरेको प्रतिवेदनअनुसार जहाजको उपयोग औसत दैनिक १३ दशमलव ६ घण्टा भएको देखिएको छ ।  सन् २०२२ मा नेपाल एयरलाइन्सले विभिन्न गन्तव्यमा ३ हजार ७६८ अन्तरराष्ट्रिय उडान/अवतरण गर्दा ६ लाख २९ हजार १४७ यात्रुलाई सेवा दिएको छ । नेपाल एयरलाइन्सले भारतको नयाँ दिल्ली, मलेशियाको क्वालालम्पुर, कतारको दोहा, युनाइटेड अरब इमिरेट्सको दुबई, हङकङ, थाइल्यान्डको बैंकक र मुम्बईमध्ये सबैभन्दा धेरै आम्दानी बैंकक उडानबाट गरेको छ । यीमध्ये कार्गाे सेवा दिँदा बैंकक सेक्टरबाट कम्पनीले सन् २०२२ मा ९८ प्रतिशत आम्दानी गरेको छ । बैंकक सेक्टरमा यात्रुबाट ३९ प्रतिशत आम्दानी गरेको छ । सबैभन्दा कम आम्दानी गर्ने सेक्टरमा दुबई रहेको छ । उक्त सेक्टरमा उडान सेवा दिँदा नेपाल एयरलाइन्सले यात्रु र कार्गाे दुवैबाट सन् २०२२ मा १२/१२ प्रतिशत आम्दानी गरेको छ ।  आन्तरिक उडानमा भने नेपाल एयरलाइन्सको सेवा अत्यन्त कमजोर देखिएको छ । गतवर्ष आन्तरिकतर्फ निगमले जम्मा १७ हजार २१४ यात्रुलाई सेवा दिएको छ । जहाज नै कम हुँदा र भएका जहाज पनि व्यवस्थित रूपमा सञ्चालन गर्न नसक्दा सेवा लिनेको संख्या कम देखिएको हो । आन्तरिकतर्फ कमजोर उपस्थिति देखिएका बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आन्तरिक उडानका लागि १० ओटा जहाज किन्ने घोषणा गरेका छन् ।

युगाण्डा जाने चार्टर्ड उडान रद्द

काठमाडाैं । युगाण्डा जाने चार्टर्ड उडान रद्द भएकाे छ । नेपाल वायुसेवा निगम र नेपाली सेनाबीच द्विपक्षीय सहमतिअनुसार संयुक्त राष्ट्रसंघअन्तर्गत विभिन्न देशहरुमा शान्ति स्थापनार्थ खटिई लैजाने क्रममा युगाण्डा जाने चार्टर्ड उडान रद्द भएकाे हाे । निगमका प्रवक्ता रमेश पाैडेलले युगाण्डा जाने चार्टर्ड उडान रद्द भएकाे पुष्टि गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘अफ्रिकी मुलुक युगाण्डा जाने चार्टर्ड […]

नेपाल एयरलाइन्सको आन्तरिक उडान ठप्प

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आन्तरिक उडानमा रहेको ट्वीनअटर जहाजमा प्राविधिक समस्याका कारण उडान प्रभावित भएको छ । काठमाडौँबाट भोजपुर उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि बीचबाटै फर्काइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । जहाजमा १५ जना सवार थिए ।आन्तरिक उडानमा उडानयोग्य एक मात्रै जहाजमा प्राविधिक समस्या आएपछि निगमका सम्पूर्ण आन्तरिक उडान रद्द भएका छन् । जहाज ग्राउन्डेड भएपछि शुक्रबार र शनिबार निर्धारित उडान समेत रद्द भएको छ । गन्तव्यमा जान नपाएका यात्रुको भाडा फिर्ता गर

नेपाल एयलाइन्सको आन्तरिक उडान ठप्प

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आन्तरिक उडानमा रहेको ट्वीनअटर जहाजमा प्राविधिक समस्याका कारण उडान प्रभावित भएको छ । काठमाडौँबाट भोजपुर उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि बीचबाटै फर्काइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । जहाजमा १५ जना सवार थिए । आन्तरिक उडानमा उडानयोग्य एक मात्रै जहाजमा प्राविधिक समस्या आएपछि निगमका सम्पूर्ण आन्तरिक उडान रद्द …

नेपाल एयलाइन्सको आन्तरिक उडान ठप्प

काठमाडौँ – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को आन्तरिक उडानमा रहेको ट्वीनअटर जहाजमा प्राविधिक समस्याका कारण उडान प्रभावित भएको छ। काठमाडौँबाट भोजपुर उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि बीचबाटै फर्काइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्। जहाजमा १५ जना सवार थिए। आन्तरिक उडानमा उडानयोग्य एक मात्रै जहाजमा प्राविधिक समस्या आएपछि निगमका सम्पूर्ण आन्तरिक उडान रद्द भएका छन्। […]

हुस्सुले सुकेटारको उडान रद्द हुँदा यात्रु मारमा

ताप्लेजुङको सुकेटार विमानस्थलमा बुधबारका लागि तय भएको दुई उडान रद्द हुँदा यात्रु मारमा परेका छन् । प्रतिकुल मौसमका कारण नेपाल वायुसेवा निगम र सीता एयरलाइन्सको उडान रद्द हुँदा यात्रु मारमा परेका हुन् ।

तीन गन्तव्यका उडान रद्द

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम अन्तर्राष्ट्रिय उडानतर्फ एउटा जहाजमा खुम्चिएको छ । निगमसँग रहेका तीनथानमध्ये हाल एउटामात्र सञ्चालनमा छ । अन्तर्राष्ट्रिय उडान गर्न निगमसँग युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा निमिर्त १ सय ५८ सिट क्षमतायुक्त ‘ए३२०–२००’ सिरिजका दुईथान र अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा निर्मित १ सय ९० सिट क्षमतायुक्त ‘बि७५७–२००’ सिरिजको एक गरी तीन जहाज छन् ।