वैदेशिक व्यापार : आयात–निर्यात दुवै घट्यो

चालू आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा वैदेशिक व्यापारका सबै सूचक नकारात्मक देखिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको साउन महिनाको तथ्याङ्क अनुसार वैदेशिक व्यापारका सबैजसो सूचक नकारात्मक देखिएका हुन् ।नेपालको आयात, निर्यात, व्यापार घाटा, वैदेशिक व्यापार र कूल व्यापारमा आयातको र निर्यातको हिस्सा पनि नेपालको पक्षमा देखिँदैन । तथ्याङ्कअनुसार नेपालको आयात १२.९० प्रतिशत र निर्यात २८.६८ प्रतिशत घटेको छ । यसका साथै, व्यापार घाटा १०.३८ प्रतिशत र कूल वैदेशिक व्यापार १४.८१ प्रतिशत खुम्चिएको विभागले

सम्बन्धित सामग्री

वैदेशिक व्यापार साढे ३ खर्ब घट्यो

मुलुकको वैदेशक व्यापारमा उच्च गिरावट आएको छ। गत आर्थिक २०७९-८० मा मुलुकको आयात, निर्यात दुवै घटेको छ।...

आयात निर्यात घटे पनि व्यापार घाटा साढे १४ खर्ब माथि नै

काठमाडौँ । आर्थिक वर्ष २०७९÷८० मा आयात निर्यातमा कमी आइ वैदेशिक व्यापार घटे पनि मुलुकको व्यापार घाटा घट्न सकेको छैन । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षमा कुल व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख ७४ हजार रुपैयाँ रहेको छ । यो व्यापार घाटा अघिल्लो आर्थिक वर्ष २०७८÷७९ […] The post आयात निर्यात घटे पनि व्यापार घाटा साढे १४ खर्ब माथि नै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

साढे ३ खर्बले घट्यो वैदेशिक व्यापार, आयात–निर्यात दुवैमा गिरावट

८ साउन, काठमाडौं । नेपालको वैदेशिक व्यापार साढे ३ खर्ब रुपैयाँले ओरालो लागेको छ । गत आर्थिक वर्ष (आव) २०७९/८० मा १७ खर्ब ६८ अर्ब ८७ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । यो अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा ३ खर्ब ५१ अर्ब ६० करोड रुपैयाँ कम हो । भन्सार विभागका अनुसार यस आवमा […]

तिब्बतको वैदेशिक व्यापार १० प्रतिशतले बृद्धि, ठूलो हिस्सा नेपालसँग

काठमाडौं: चीनको स्वाशासित क्षेत्र तिब्बतको वैदेशिक व्यापार १० प्रतिशतले बढेको छ। जसको प्रमुख हिस्सा नेपाल रहेको छ। २०२२ को पहिलो चौमासिकमा गत वर्षको सोही अवधिको तुलनामा १० प्रतिशतले बढेको चाइना डेलीले जनाएको छ।  यस वर्षको पहिलो तीन महिनामा तिब्बतको आयात निर्यात १.३ बिलियन युआन (१७७ मिलियन डलर) बराबर रहेको समाचारमा…

वीरगञ्ज नाकाः सवा ५ खर्बको आयात, निर्यात ६९ अर्बमात्रै

विरगञ्ज, बैशाख ८ । आयात–निर्यात कारोबार परिमाणका आधारमा देशको प्रमुख व्यापारिक नाका वीरगञ्जबाट चालू आर्थिक वर्ष (आव) २०७८/७९ को ९ महीनामा करीब ६ खर्ब रुपैयाँको वैदेशिक व्यापार भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आवको साउनदेखि चैतसम्ममा ५ खर्ब ९२ अर्ब रुपैयाँबराबरको वस्तु आयातनिर्यात भएको हो । प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले ५ खर्ब […]

वैदेशिक व्यापारमा आयात–निर्यात असन्तुलन

दुई वा दुईभन्दा बढी देशबीच हुने व्यापार वैदेशिक व्यापार हो । यो अन्तर्राष्ट्रिय व्यापार पनि हो । देशको आर्थिक विकासमा विदेशी व्यापारको महत्वपूर्ण भूमिका हुने भएकाले आज प्रत्येक देशले विभिन्न देशसँग व्यापार गरिरहेको छ । हाम्रो जस्तो देशको अर्थ व्यवस्थामा वैदेशिक व्यापारको महत्वपूर्ण भूमिका रहन्छ । आन्तरिक बजार सीमित भएकोले देशभित्र खपत हुन नसकी बाँकी […] The post वैदेशिक व्यापारमा आयात–निर्यात असन्तुलन appeared first on राजधानी राष्ट्रिय दैनिक.

वीरगञ्ज भन्सारबाट आठ महीनामा सवा पाँच खर्बको वैदेशिक व्यापार

वीरगञ्ज, चैत ६ । आयात निर्यात कारोबारका हिसाबले देशकै मुख्य नाका वीरगञ्जबाट चालू आर्थिक वर्ष (आव) २०७८ः७९ को ८ महीनामा वैदेशिक व्यापार उल्लेख्य बढेको छ । वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकअनुसार अघिल्लो आव २०७७ः७८ को समीक्षा अवधिको तुलनामा यो वर्ष वैदेशिक व्यापारमा ६० प्रतिशतले वृद्धि भएको हो । चालू आवको साउनदेखि फागुनसम्ममा यो नाकाबाट ५ खर्ब […]

वीरगञ्ज नाकाबाट बढ्यो वैदेशिक व्यापार

वीरगञ्ज । वैदेशिक व्यापार परिमाणका आधारमा मुख्य भन्सार वीरगञ्जबाट चालू आर्थिक वर्ष (आव) २०७८/७९ को ५ महीनामा आयात निर्यात कारोबार उल्लेख्य बढेको छ । भन्सार कार्यालयका अनुसार यस अवधिमा २ खर्ब ९० अर्ब ८५ करोड रुपैयाँको मालसामान आयात हुँदा ४९ अर्ब ४१ करोड रुपैयाँबराबरको स्वदेशी उत्पादन निकासी भएको छ । चालू आवको साउनदेखि मङ्सिरसम्मको अवधिमा यस भन्सारबाट कुल ३ खर्ब ४० अर्ब २६ करोड रुपैयाँबराबरको वैदेशिक व्यापार भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार यो व्यापार परिमाण गत आवको समीक्षा अवधिको तुलनामा ८७ प्रतिशत बढी हो । गत आवको उक्त अवधिमा कोरोना महामारी नियन्त्रणका लागि लगाइएको बन्दाबन्दी र निषेधाज्ञा परेकाले वैदेशिक व्यापार घटेकोमा चालू वर्ष व्यापार लयमा फर्किएको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए । गत आवको शुरूको ५ महीनामा कुल वैदेशिक व्यापारको परिमाण १ खर्ब ८१ अर्ब रुपैयाँबराबर थियो । आयात तथा निर्यात दुवैतर्फको व्यापारमा दक्षिण छिमेकी भारत मुख्य साझेदार रहेको छ । यस अवधिमा भारतबाट मात्रै २ खर्ब ३ अर्ब रुपैयाँको मालसामान भित्रिएको छ । भारतमा निकासीतर्फ यो परिमाण ४७ अर्ब रुपैयाँ रहेको भन्सारको सूचना तथा प्रविधि शाखाको तथ्यांक छ । तुलनात्मक रूपमा वैदेशिक व्यापार बढेपछि त्यसको सकारात्मक प्रभाव भन्सारले उठाउने राजस्वमा पनि देखिएको पौडेलले बताए । ‘आयात निर्यात कारोबार बढेपछि भन्सारले उठाउने राजस्वमा त्यसको प्रभाव देखिएको छ । मङ्सिरसम्मको राजस्व लक्ष्यभन्दा ७ प्रतिशत बढी उठेको छ,’ पौडेलले भने । वीरगञ्ज भन्सारले चालू आवको ५ महीनामा ८८ अर्ब ६९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यस अवधिका लागि वीरगञ्ज भन्सारलाई ८२ अर्ब ६१ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य तोकिएको थियो । अघिल्लो वर्षको साउनदेखि मङ्सिरसम्मको अवधिको यस्तो राजस्व ५८ अर्ब १५ करोड रुपैयाँ उठेको थियो ।   वीरगञ्ज नाकाबाट मुख्य रूपमा पेट्रोलियम पदार्थ, सवारीसाधन, औद्योगिक कच्चा पदार्थ बढी आयात हुन्छ । निर्याततर्फ भटमासको तेल, फलफूलको जुस, जुत्ता, सूर्यमुखीको तेल, छाला, कपडालगायत वस्तु रहेको भन्सारले बताएको छ ।

वैदेशिक व्यापार : विरगञ्ज नाका नम्बर एक

काठमाडौं। चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा विरगञ्ज नाकाबाट सबैभन्दा धेरै आयात÷निर्यात भएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यस नाकाबाट मात्रै ४ खर्ब ५६ अर्ब रुपैयाँको आयात भएको हो। यो नेपालले गरेको कुल आयातको ३३ प्रतिशत हो। त्यस्तै यही नाकाबाट ४४ अर्ब २३ करोड रुपैयाँको निकासी भएको छ। यो नेपालले गरेको कुल निकासीको ३६ प्रतिशत हो।