मन्दिरको भेटीबाट विद्यालय सञ्चालन

भारतका विभिन्न शहरहरुमा मन्दिरको आम्दानीबाट ठूलठूला विद्यालय र कलेजहरु संचालन भैरहेका सुनेका हाम्रा लागि अब नेपालमा पनि मन्दिरको भेटीबाट विद्यालय संचालन हुन लागेको सुखद खबर छ । समाचार अनुसार अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ खाँचीकोटमा मन्दिरको भेटीबाट विद्यालय सञ्चालन गरिएको छ । सुपा देउराली मन्दिरमा उठेको भेटीबाट खाँचीकोटस्थित आदर्श मावि र सीतापुरस्थित शान्ति निमावी सञ्चालन गरिएको छ …

सम्बन्धित सामग्री

मन्दिरको भेटीबाट विद्यालय सञ्चालन

अर्घाखाँचीको सुपादेउराली मन्दिरको भेटीबाट विद्यालय सञ्चालन भएका छन् । मन्दिर व्यवस्थापन समितिले मन्दिरमा चढाएको भेटी (रुपियाँ) सङ्कलन गरेर जिल्लाका चारवटा विद्यालयका आठ जना शिक्षक शिक्षिकालाई तलब उपलब्ध गराउँदै आएको छ ।

मन्दिरको भेटीबाट विद्यालय सञ्चालन

सन्धिखर्क नगरपालिका–७ खाँचीकोटमा मन्दिरको भेटीबाट विद्यालय सञ्चालन गरिएको छ । सुपा देउराली मन्दिरमा उठेको  भेटीबाट खाँचीकोटस्थित आदर्श मावि र सीतापुरस्थित शान्ति निमावी सञ्चालन गरिएको छ । भेटीबाट आदर्श माविमा ६ तथा शान्ति निमाविमा चार शिक्षक राखिएको छ । भेटीबाट सङ्कलित  रकममध्ये मासिकरुपमा आदर्श माविलाई र शान्ति निमाविलाई रु एक लाख २० हजार उपलब्ध गराइएको मन्दिर व्यवस्थापन समितिका सचिव यादव घिमिरेले जानकारी दिए ।यस्तै समितिले सन्धिखर्कस्थित पाणिनि बेदबिद्या आश्रमका लागि वार्ष