ए डिभिजन लिग : सातदाेबाटाे र फ्रेन्ड्सले अङ्क बाँडे

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलको उद्घाटन खेल गोलरहित बराबरीमा सकिएको छ ।  आज शुक्रवार भएको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेलेपछि एक–एक अङ्क बाँडिएको छ ।  त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । पहिलो हाफमा सातदोबाटोले बल पोसेसनमा पकड जमाएको थियो तर गोल भने गर्न सकेन । फ्रेन्ड्स क्लब १० खेलाडीमा समेटिए पनि सातदाेबाटाेले फाइदा उठाउन सकेन ।  लिगमा भाेलि शनिवार दुई खेल हुँदैछन् ।...