‘कांग्रेसले ०४६ देखि ५१ सम्म सरकार चलाएको समय स्वर्णिम युग, त्यहीबेला मुलुकको आर्थिक जग बस्यो’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०४६ सालपछि ०५१ सालसम्मको कांग्रेसले सरकार चलाएको समयलाई कांग्रेसले स्वर्णिम युगका रूपमा लिने बताएका छन् । बिहीबार पार्टीको प्रतिज्ञापत्रका सन्दर्भमा आयोजित खुला प्रश्नोत्तर कार्यक्रममा सभापति थापाले त्यसैको जगमा मुलुकको आर्थिक विकास टिकेको बताए । तर अब पार्टीले समयानुकुल परिवर्तन हुँदै मुलुकको समृद्धिको यात्रा तय गर्नु पर्ने उनले बताएका छन् […]