पार्टीको केन्द्रीय संगठन विभागले पठाएको पत्रमा आचार्यको राजीनामा अस्वीकृत गरिएको उल्लेख छ। उक्त पत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आचार्यले आफूलाई स्वतन्त्र रूपमा बस्न दिन आग्रह गरेका छन्। उनले लेखेका छन्, “माफ गर्नुहोला, मलाई स्वतन्त्रै बस्न दिनुहोस्। राजीनामा अस्वीकृत भए पनि मलाई पार्टी चाहिएन। हिजो आएको यो पत्र म अस्वीकार गर्दछु।” आचार्यले पार्टीभित्र राजनीतिक विकृति देखिएको, […]