काठमाडौं काठमाडौंको न्यौखास्थित श्रीकृष्ण मन्दिर आधारभूत विद्यालयका २०१ जना विद्यार्थीको आँखाको परीक्षण गरिएको छ। भिजन फर दि वर्ल्ड जर्मनी र हिमालय फ्रेन्डस् जर्मनीको सहकार्यमा बुधबार विद्यालयमा आयोजना गरिएको आँखा स्वास्थ्य शिविरमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीको आँखा परीक्षण गरिएको हो। आँखा परीक्षणका क्रममा दृष्टिदोष देखिएका १० जना विद्यार्थीलाई आवश्यक परामर्शसहित निःशुल्क चश्मा प्रदान गरिएको […]