काठमाडौंबाट हेटौँडा जाने यात्रुवाहक सवारी राति ८ बजे फर्पिङ कटिसक्नुपर्ने

काठमाडौं–फर्पिङ–कुलेखानी–हेटौँडा सडक खण्डमा सवारी दुर्घटना बढेसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले सो सडकमा रातिको समयमा यात्रुवाहक सवारीसाधन सञ्चालनका लागि नयाँ समय तालिका लागू गरेको छ ।