काठमाडौं– नेपाल सरकारका पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अर्याललाई भारतबाट शुक्रबार बिहान नियन्त्रणमा लिएको हो । सिआइबीको प्रतिवेदनका आधारमा जिल्ला अदालत काठमाडौँद्वारा मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि भएको ठगी प्रकरणमा अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । यसै प्रकरणमा सिआइबीले बुधबार तत्कालीन दुई मन्त्रीसहित छ जना उच्चपदस्थ […]