होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्वासी नागरिक भन्छन् : ‘बास देउ, नत्र थापाथलीमै छोडिदेउ’

काठमाडौँ । वैकल्पिक आवासको व्यवस्था नगरी हटाउन खोजिएको भन्दै होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्वासी परिवारले सरकारको विरोध गरेका छन् ।  सरकारले गत १२ र १३ वैशाखमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका सुकुम्वासी बस्तीमाथि डोजर चलाएर खाली गराएको थियो ।  घरबारविहीन बनाइएका परिवारलाई सुरक्षित बसोबासको व्यवस्था नगरी अस्थायी आश्रय स्थलबाट समेत हटाउन खोजिएपछि उनीहरूले सरकारको निर्णयको […]