काठमाडौँ। १५ माघ मध्यरात सवा १२ बजे कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानीमा गोली चलेको आवाज गुञ्जियो। बस्ती निदाएको बेला प्रहरीले राजधानीमा तीन महिनादेखि आतंक मच्चाइरहेको संगठित लुटेरा समूहलाई लक्षित गरी गोली चलाएको थियो। गोली लाग्ने व्यक्ति थिए–२३ वर्षीय विनय तामाङ। जेन–जी आन्दोलनका बेला वृत्त महाराजगञ्जको हिरासतबाट भागेका उनी त्यसपछि फरार अभियुक्त मात्र थिएनन्, राजधानीमा भइरहेका डकैती–लुटपाटका […]