निधारमा ताकेर गोली ठोक्नेहरुविरुद्ध क्रान्तिको घण्टी बजिसकेको छः सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको भविष्य बदल्ने क्रान्तिका लागि आफू थप त्याग र कठोर तपस्याका लागि तयार भएको बताएका छन् । मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले देशका सन्ततिको सुनौलो भाग्य मेट्ने र भाग्य लेखिएको त्यहि निधारमा ताकेर गोली ठोक्नेहरु विरुद्ध क्रान्तिको घण्टी बजिसकेको बताउँदै अब अन्तिम पर्दा उठ्न बाँकी रहेको धारणा राखे । […]