काठमाडौं बाँसवारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले स्वास्थ्य बीमाबाट दिने सेवा पूर्ण रुपमा रोकेको छ । केन्द्रका सूचना अधिकारी सुदीपचन्द्र दाहालले गएको सोमबारबाट अस्पतालले पूर्ण रुपमा स्वास्थ्य बीमा रोकेको बिजपाटीलाई जानकारी दिए । उनका अनुसार सरकारले स्वास्थ्य बीमा र विपन्न सेवा गरी ४५ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । स्वास्थ्य बीमा रोकिँदा दुर्गम […]