पर्यटन क्षेत्रको प्राथमिकताः पहिला शान्ति सुरक्षा, त्यसपछि बल्ल प्रवर्द्धन

जेनजी आन्दोलनको प्रभावका कारण पर्यटन क्षेत्र अहिले सुनसानजस्तै बनेको छ। आएका पर्यटक फर्किएको र आउने तयारीमा रहेका पर्यटक रोकिएपछि पर्यटन क्षेत्र चिन्तित छ। नेपाल आउने तयारीमा रहेका पाहुना अन्यत्र डाइभर्ट हुने चिन्ता पनि व्यावसायीलाई छ। सिजनको मुखैमा भोग्नुपरेको मारले अहिले समग्र पर्यटन क्षेत्र शिथिल बन्न पुगेको छ। सिजन खेर जाने अवस्था आइपरेको भन्दै व्यावसायीले दुख मनाउ गरेका छन्।